पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
मकवानपुर – हेटौँडा उपमहानगरपालिका १ चौकी टोल घर भएकी एक महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । हेटौँडा प्रयाेगशालामा जाँच गराउँदा उहाँमा कोरोना भाइरस पुष्टि भएको हेटौँडाको कर्रामा रहनुभएका आइसोलेशन इन्चार्ज भोला चौलागाईँले जानकारी दिनुभयो ।
गएकाे जेठ ९ गते कोरोना सङ्क्रमणको लक्षण देखा परेपछि कोरोना जाँचकाे लागि ल्याबमा दिइएकाे थियो । तर उहाँ त्यसबेलादेखि आइसोलेशनमा भन्दा पनि घरमै रहेको चौलागाईँले बताउनुभयो ।
हेटौँडामा नै घर र यही बसोवास गर्ने महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको हेटौँडा अस्पतालका प्रमुख डाक्टर प्रविण श्रेष्ठले बताउनुभयो । कोरोना सङ्क्रमित महिला गर्भवती रहेको स्राेतले जनाएको छ ।
हेटौँडा प्रयोगशालामा जाँच गराउँदा उहाँमा कोरोना सङ्क्रमण पुष्टि भएको हेटौँडा उपमहानगरपालिकाकी उपमेयर मिनाकुमारी लामाले पनि जानकारी दिनुभयो ।
अब नेपालमा काेराेना सङ्क्रमितकाे सङ्ख्या सात सय ८३ पुगेकाे छ भने सङ्क्रमणबाट निकाे हुनेकाे सङ्ख्या एक सय ७६ रहेकाे छ । काेराेनाबाट ज्यान गुमाउनेकाे सङ्ख्या चार पुगेकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ ।