दाङका १५ जना सङ्क्रमितलाई कोरोना विशेष अस्पताल लगियो

 जेठ १५, २०७७ बिहिबार ९:१०:२७ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङमा बुधबार कोरोना पुष्टि भएका १५ जनालाई कोरोना विशेष अस्पताल बेलझुण्डी लगिएको छ ।

लमहीमा रहेको शाहीद नेत्रलाल अभागी स्मृति प्रतिष्ठानको क्वरेन्टीनमा बसेकामध्ये ८ जना र घोराहीमा पुष्टि भएका ७ गरी १५ जनालाई कोरोना विशेष अस्पताल बेल्झुण्डी लगिएको हो । कोरोना सङ्क्रमण पुष्टि भएका व्यक्तिहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

विशेष अस्पताल लगिएकाहरुमा लमही नगरपालिका वडा नम्बर १ का २६ वर्षीय पुरुष, वडा नम्बर २ का १७ र ३० वर्षीय पुरुष,  वडा नम्बर ४ का २६ वर्षीय पुरुष, वडा नम्बर ५ का  २० वर्षीय पुरुष र २० वर्षीया महिला, वडा नम्बर ६ का १८ वर्षीय पुरुष र लमही नगरपालिका वडा नम्बर ८ निवासी २३ वर्षीय पुरुष छन् ।

यस्तै घोराही उपमहाननगरपालिका १० का ३ जना वर्ष २४, ४०, ४० वर्षका पुरुष र वडा नम्बर १८ का ४ जना रहेका छन् । उनीहरु २४, २५, ४०, ४२ वर्षका पुरुष रहेका छन्।

अन्तिम अपडेट: बैशाख २, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया