धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त
मंसिर ११, २०८१ मंगलबार
सुर्खेत – कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड-१९) बाट सङ्क्रमितको सङ्ख्या ४६ पुगेको छ ।
सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाको बिहीबार बिहानको अद्यावधिक विवरण अनुसार थप आठ सङ्क्रमित पहिचान भएका हुन् । महाशाखाका प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीले नयाँ थपिएका सङ्क्रमित सबै दैलेखको नारायण नगरपालिकाका रहेको जानकारी दिनुभयो ।
सुर्खेतमा रहेको प्रदेश अस्पताल/पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा नारायण नगरपालिका १ का २६ वर्षीय पुरुष, ३ का १९, ३०, ३७ र ४० वर्षीय पुरुष, ४ का एक वर्षीय बालक र २० वर्षीया महिला तथा ५ का १७ वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको हो ।
नयाँ पहिचान भएका सङ्क्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ । बुधबार सुर्खेतमा थप १५ सङ्क्रमित फेला परेका थिए । भारत सरकारले लकडाउनकै बीचमा रेल तथा बस सेवा सञ्चालन गरेपछि रोजगारीका लागि त्यहाँका विभिन्न स्थानमा रहेका कर्णालीवासी फर्कने क्रम जारी छ ।
कर्णालीमा पहिचान भएका सबै सङ्क्रमित भारतबाट फर्किएका हुन् । अहिले प्रदेशका सबै जिल्लामा आरडीटी परीक्षण र पीसीआरका लागि स्वाब सङ्कलन कार्य भइरहेको छ । मन्त्रालयका अनुसार प्रदेशभर पाँच सय ५० आइसोलेशन र १७ भेन्टिलेटर रहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।