एक वर्षमा मानव अधिकार उल्लङ्घनसम्बन्धी एक सय २० वटा उजुरी दर्ता
मंसिर १९, २०८१ बुधबार
काठमाण्डाै – नेपालमा बिहीबार एकैदिन थप एक सय ५६ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकाेटाका अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सप्तरीका दुई जना पुरुषमा सङ्क्रमण पुष्टि भएको छ ।
त्यस्तै कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १६ देखि ४२ वर्षका २५ जना पुरुषमा सङ्क्रमण देखिएको छ । सङ्क्रमित सबै झापाका रहेको मन्त्रालयले जनाएको छ ।
भरतपुर अस्पतालमा गरिएको परीक्षणमा नवलपुरका एक जना पुरुषमा कोरोना भेटिएको छ । त्यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ७७ जनामा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता देवकोटाले जानकारी दिनुभयो । सङ्क्रमण पुष्टि हुनेमा धनुषाकी चार वर्षीया बालिका र आठ वर्षीय बालकसहित २९ जना रहेका छन् । त्यस्तै महोत्तरीका १७ जना रहेका छन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा रौतहटका तीन जनामा पनि सङ्क्रमण भेटिएको छ । त्यस्तै सप्तरीका १२ जना, सर्लाहीका सात जना, सिरहाका ६ जना, दोलखाका दुई जना र सोलुखुम्बुका एक जनामा पनि कोरोना पुष्टि भएको छ ।
त्यस्तै प्रादेशिक प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा २३ जनामा सङ्क्रमण भेटिएको छ । सुर्खेतका १३ जना, दैलेखका आठ र बझाङका एक जनामा सङ्क्रमण पुष्टि भएको हो ।
एक जना बोल्न नसक्ने महिलामा सङ्क्रमण भएको जानकारी आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्रादेशिक प्रयोगशाला गण्डकीमा गरिएको परीक्षणमा स्याङ्जाका तीन जनाको कोरोना रिपाेर्ट पोजेटिभ आएको छ । सेती अस्पतालको प्रयोगशालामा दार्चुलाका एक र कैलालीका दुई गरी तीन जनामा सङ्क्रमण भेटिएको छ ।
किटजन्य प्रयोगशाला हेटौँडामा गरिएको परीक्षणमा मकवानपुरका एक जनामा सङ्क्रमण पाइएको छ । भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बर्दियाका तीन र बाँकेका एक जनामा सङ्क्रमण भेटिएकाे छ ।
धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा रौतहटका १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
अब नेपालमा काेराेना सङ्क्रमतिको सङ्ख्या एक हजार ४२ पुगेको छ । नेपालमा ५१ जिल्लामा कोरोना सङ्क्रमित भेटिएका छन् । बुधबार नारायणी अस्पतालबाट २७ देखि ३२ वर्षका पर्साका चार जना डिस्चार्ज भएका थिए । योसँगै निको हुनेको सङ्ख्या एक सय ८७ पुगेको छ ।
नेपालमा कोरोनाकाे कारण ज्यान गुमाउनेको सङ्ख्या पाँच पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।