एटीएम मेसिन फुटाउँदै गर्दा भक्तपुरबाट एक जना पक्राउ

 जेठ १७, २०७७ शनिबार ९:४७:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर - भक्तपुरको ठिमी वाहखा बजारमा एनआइसी एसिया बैंकको एटीएम मेसिन फुटाउँदै गर्दा एकजना पक्राउ परेका छन् ।

मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ६ का संजिव चित्रकारको घरमा रहेको एटीएम मेसिन फुटाउँदै गर्दा सिन्धुपाल्चोकको कदमवास घर बताउने सचिन तामाङलाई पक्राउ गरिएको  भक्तपुर प्रहरीले जनाएको छ ।

उनले एटीएम मेसिनको बाहिरी कभर मात्रै फुटाएको र रकम लुट्न नपाउँदै पक्राउ गरिएको प्रहरी नायव उपरिक्ष दीपक गिरीले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया