गोदावरी नगरपालिकाका हरेक वडामा २० शय्याको क्वरेन्टीन व्यवस्था गरिने

 जेठ १७, २०७७ शनिबार १०:५७:४२ | रासस
unn.prixa.net

ललितपुर - गोदावरी नगरपालिकाले प्रत्येक वडामा २० शय्याको क्वरेन्टीन व्यवस्था गर्ने निर्णय गरेको छ । बाहिरबाट आएका मानिसलाई राख्न नगरपालिकाले उक्त क्वरेन्टीन व्यवस्था गर्न लागेको हो । 

नगरपालिकाले प्रत्येक वडाका विद्यालय, सङ्घसंस्था र सामुदायिक भवन प्रयोग गरी क्वरेन्टीन व्यवस्था गर्ने निर्णय गरेको नगरप्रमुख गजेन्द्र महर्जनले बताउनुभयो । 

नगरपालिकामा शुक्रबार बसेको बैठकको निर्णयले हरेक वडामा तीन दिनभित्र क्वरेन्टीन तयार गर्न यहाँका बुद्धिजीवी, राजनीतिज्ञ, शिक्षक, व्यापारी, समाजसेवी तथा सम्बन्धित सबैलाई सूचनामार्फत आग्रह गरेको छ । यसअघि गोदावरीले वडा नं ११ बज्रबाराही चापागाउँ अस्पतालमा १० श्ययाको क्वरेन्टीन व्यवस्था गरेको थियो ।  
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया