सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
काठमाण्डाै – विद्युतीय मोटरसाइकल तथा स्कुटरमा लाग्दै आएको सडक निर्माण दस्तुर बढेको छ ।
सरकारले जेठ १५ गते ल्याएको आर्थिक वर्ष २०७७/७८ को बजेटले विद्युतीय मोटरसाइकल तथा स्कुटरमा लाग्दै आएको सडक निर्माण दस्तुर बढाएको हो । यसअघि विद्युतीय मोटरसाइकल तथा स्कुटरमा लाग्दै आएको सात हजार पाँच सय सडक निर्माण दस्तुरलाई बढाएर १२ हजार रुपैयाँ पुर्याइएकाे छ ।
नयाँ विद्युतीय मोटरसाइकलको मूल्य अब कम्तीमा चार हजार पाँच सय रुपैयाँले बढ्नेछ ।
अहिले १ सय ५५ सीसीभन्दा कम क्षमताका मोटरसाइकलले १५ हजार सडक दस्तुर तिर्नुपर्छ । त्यस्तै १ सय ५६ सीसीभन्दा माथि २ सय ५० सीसीसम्मका मोटरसाइकलले १८ हजार र २ सय ५१ देखि ४ सय सीसीसम्मका मोटरसाइकलले ५० हजार सडक दस्तुर तिर्नुपर्ने व्यवस्था रहेको छ ।