भक्तपुरको बालकोटमा बाबुछोरा मृत अवस्थामा भेटिए
पुस ८, २०८१ सोमबार
दाङ – दाङमा चार हजारभन्दा बढी व्यक्तिहरु क्वरेण्टीनमा बसेका छन् । १० वटा पालिकाका चार हजार एक सय १६ जना क्वरेण्टीनमा बसेका हुन् ।
भारतलगायत जिल्लाबाहिरबाट नागरिक आउन थालेपछि जिल्लाभरिका एक सय १६ वटा क्वरेण्टीनमा उनीहरुलाई राखिएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।
घोराही उपमहानगरपालिकामा सबैभन्दा बढी क्वरेण्टीन स्थापना गरिएको छ । घोराहीमा ५२ ठाउँमा क्वरेण्टीन स्थापना गरिएको छ । ती क्वरेण्टीनमा एक हजार तीन सय जनालाई राखिएको छ ।
बङ्गलाचुली गाउँपालिकामा २२ ठाउँमा स्थापना गरिएको क्वरेण्टीनमा नाै सय ९४ जनालाई राखिएको छ । यस्तै दाङको तुलसीपुर उपमहानरपालिकाभित्र रहेका नाै ठाउँका क्वरेण्टीनमा चार सय ७४ जनालाई राखिएको छ भने राप्ती गाउँपालिकाका १३ ठाउँका क्वारेण्टीनमा पाँच सय ४८ जना बसेका छन् । राजपुरकाे चार ठाउँका क्वरेण्टीनमा एक सय २७ जना रहेका छन ।
कोरोनाको आशङ्कामा दाङका एक हजार पाँच सयभन्दा बढीको स्वाब सङ्कलन गरिएको छ । कोरोनाको आशङ्कामा क्वरेण्टीनमा बसेका चार हजार बढी व्यक्तिमध्ये अहिलेसम्म एक हजार पाँच सय ४१ जनाको मात्रै स्वाब सङ्कलन गरिएकाे हाे ।
सङ्कलन गरिएको स्वाबमध्ये सात सय ६७ जनाको रिर्पोट आइसकेको छ भने अझै सात सय ७४ जनाको रिर्पोट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय दाङले जनाएको छ । रिर्पोट आएकामध्ये २५ जनाको रिर्पोट पोजेटिभ देखिएको छ भने सात सय ४२ जनाको रिर्पोट नेगेटिभ देखिएको छ ।
तुलसीपुर उपमहानगरपालिकाभित्र रहेका क्वरेण्टीनबाट एक सय ६७ जनाको स्वाब सङ्कलन गरी परीक्षण गरिएको थियो । जसमा ६० जनाको रिर्पोट नेगेटिभ आएको छ । घोराही उपमहानगरपालिकाभित्र रहेका क्वरेण्टीनबाट दुई सय १९ जनाको स्वाब सङ्कलन गरिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।