यी हुन् ‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा समेटिएका १० वटा परियोजन...
मंसिर १९, २०८१ बुधबार
बाँके - बाँकेकोराप्ती सोनारीमा मिनिबस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ भने २१ जना घाइते भएका छन् ।
दुर्घटनामा ११ जनाको घटनास्थलमै र एकजनाको उपचारका क्रममा अस्पतालमा ज्यान गएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिनुभयो ।
भारतबाट आएका नेपालीलाई लिएर नेपालगन्जबाट सल्यानका लागि छुटेको ना ५ ख ५९९५ को मिनिबस आइतबार राति राप्ती सोनारी-२ मा रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किएको पनि उहाँले जानकारी दिनुभयो ।
१२ जनाकै शव भेरी अस्पतालमा राखिएको र परिचय संकलन गर्ने काम भइरहेको प्रजिअ कुरुम्वाङ्गले जानकारी दिनुभयो । घाइतेको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Prem Prasad
June 1, 2020, 8:36 a.m.सार्है दु:खद घटना सुन्नुपर्यो /दिवंगत आत्मालाई चीरशान्तिको कामना /सार्है दुखी छु /