इटहरी गोल्डकपमा चर्च ब्वाइजलाई हराउँदै धरान फुटबल क्लब सेमिफा...
फागुन ७, २०८१ बुधबार
बाँके - बाँकेको ठोरी जँगलमा मिनिबस दुर्घटना हुँदा ज्यान गुमाएका १२ जनाकै कोरोना परीक्षण हुने भएको छ ।
भारतबाट आएकाले उनीहरुको कोरोना परीक्षणको लागि स्वाब संकलन गर्न थालिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिनुभयो । उहाँका अनुसार पहिले ज्यान गुमाएका १२ जनाकै कोरोना परीक्षणको लागि स्वाब संकलन गरेर पोष्टमार्टम गर्ने तयारी छ ।
उनीहरुको परीक्षण गरेपछि उपचार गराइरहेका २१ जनाको पनि कोरोना परीक्षण गरिनेछ । भारतबाट आएका नेपालीलाई लिएर नेपालगन्जबाट सल्यानका लागि छुटेको ना ५ ख ५९९५ को मिनिबस राती राप्तिसोनारी २ मा रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा ११ जनाको घटनास्थलमै र एक जनाको अस्पतलमा ज्यान गएको उहाँले जानकारी दिनुभयो ।
अहिले १२ जनाकै शव भेरी अस्पतालमा राखिएको छ भने कसैको पनि परिचय खुलेको छैन । घाइते २१ जनाको पनि भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Bharat
June 1, 2020, 2:24 p.m.मरेको मान्छेको भन्दा क्वारेन्टाइनमा बस्ने मान्छेको टेस्ट गरे हुन्न ?