'एमसीसी अनुमोदन नभए प्रसारण लाइन निर्माणकाे लागि पैसा कहाँबाट ल्याउने ?'

 जेठ १९, २०७७ सोमबार १७:३०:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ  – नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले एमसीसी सम्झौता संसदबाट अनुमोदन नभए प्रसारण लाइन निर्माणकाे लागि बजेट कसरी व्यवस्थापन हुन्छ भन्दै प्रश्न गर्नुभएको छ । 

सरकारले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) आए पनि वा नआए पनि प्रसारण लाइन निर्माण हुने भनिरहेको प्रसङ्गमा उहाँले एमसीसी नभए स्रोतको व्यवस्थापनबारे प्रश्न गर्नु भएको हो  ।

बजेट विनियोजन विधेयकमाथिको छलफलमा उहाँले भन्नुभयो, ‘विचार गर्न नै कठिनाइ भयो । एमसीसी आए पनि/नआए पनि प्रसारण लाइन बन्ने भन्नुभएको छ । तर आएन भने त्यो पैसा कहाँबाट ल्याउने ?’

ऋणबाट बनाउने कि राजस्वबाट बनाउने भन्ने कुराको टुङ्गो लगाउन उहाँले आग्रह गर्नुभयो । स्रोत व्यवस्थापनको टुङ्गो नलगाइ संसदको अपमान हुने गरी विनियोजन विधेयकमाथि छलफल नगर्न उहाँले आग्रह गर्नुभयो ।

सांसद देवेन्द्र कँडेलले विद्युतीय सवारी, डिजेल पेट्रोलमा बढाइएको करमा असन्तुष्टि व्यक्त गर्नुभयो । प्रधानमन्त्रीले सन् २०२० सम्म कुल सवारीको २० प्रतिशत सवारी विद्युतीय हुने घोषणा गरे पनि त्यो अनुसार अर्थ मन्त्री अगाडि बढ्न नसकेको उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया