‘सानी छोरीकी कोरोना पोजेटिभ आमा म’

 जेठ २१, २०७७ बुधबार १६:२८:२३ | मेरो कथा मेरो भोगाई

दुसवी भट्टराई, इलाम/ हाल, यूएई ।

लकडाउन छ, हतारो हुँदैन । रातिको झण्डै एक बजिसकेको थियो । सुत्ने तरखरमा थिएँ । अचानक एउटा फोन आयो । यति राति कसले गर्‍यो होला भन्ने सोच्दै फोन उठाएँ । 

फोनमा मेरो बारेमा सोधियो । 

कहाँ बस्ने ?

कुन देशको नागरिक ?

कोठामा कति जना बस्नुहुन्छ ? 

यस्तै यस्तै कुराहरु सोधियो । 

फोनमा जे सोधियो त्यसको जवाफ दिएँ । सवालजवाफ सकिएपछि उताबाट ओके भनेर फोन राखे । म अलमलमा परें । मन चिसो भयो । तीन दिनअघि मात्र कोरोना जाँच गराउन गएको थिएँ । त्यो फोन आएपछि मलाई शंका लाग्यो । 

फेरि केहीछिनमा काम गर्ने कार्यालयबाट फोन आयो । उठाएँ । 

उताबाट सोधे, ‘दुसवी के छ ?’

म आरामै थिएँ । त्यसैले ठिक छ भनें । त्यसपछि मलाई भनियो, ‘तपाईँको कोरोना रिपोर्ट पोजेटिभ छ, सुरक्षित रहनुहोला ।’ 

बाँकी उपचार र बसाईको बन्दोबस्तोबारे फेरि फोन आउँछ भन्दै फोन काटियो । 

एकछिन त छक्क परेँ । कोठामा नै बसेको झण्डै २२ दिन भएको थियो । रमादानको समय एक महिनालाई बिदा थियो । तरकारी लिनबाहेक बाहिर कतै गएको पनि थिइनँ । अचानक यस्तो खबर आएपछि नआत्तिने कुरै भएन । र आत्तिएर समस्याको समाधान हुने पनि थिएन ।

कतिले सोधे, पुलिसले कहिले लान्छ रे ? कतिले त हामीलाई जानकारी गराउनुस् त किन बाहिर नलगेको रे भनेर सोधे ? यति मात्र होइन हाम्रो पनि साना बच्चाहरु छन् बाहिर लगे त सर्ने थिएन कि पनि भने । 

कोठामा सानी छोरी, आमा, साथै हामी दुई गरी चारजनाको बसाई छ । अब मन पोल्यो ।  कोठामा आफू सुरक्षित रहेर परिवारलाई पनि सुरक्षित राख्न मुश्किल थियो ।

आफूलाई कोरोना पोजेटिभ आएको थाहा पाएपछि एउटै फ्ल्याटमा बस्नेहरुलाई पनि जानकारी गराउन उपयुक्त लाग्यो । सबैलाई आफ्नो बारेमा जानकारी गराएँ । तर नेपाली नै बस्ने भए पनि उनीहरुबाट मैले नसोचेका् प्रतिक्रिया पाएँ । 

कतिले सोधे, पुलिसले कहिले लान्छ रे ? कतिले त हामीलाई जानकारी गराउनुस् त किन बाहिर नलगेको रे भनेर सोधे ? यति मात्र होइन हाम्रो पनि साना बच्चाहरु छन् बाहिर लगे त सर्ने थिएन कि पनि भने । 

संकटको बेला यो सोच्दा रहेनछन्, न कि मानवताको व्यवहार गर्नुपर्छ भनेर । अरु बेलामा मेरै फ्ल्याटमा आफन्त भेटघाटको संगमस्थल बनाउनेहरु आज यस्तो प्रतिक्रियाहरु दिइरहेका थिए । मानौं उनीहरुले मलाई कहिल्यै चिन्दैनन् र कुनै साइनो छैन । चिनेजानेकैले गरेको यस्तो व्यवहारले कोरोना पोजेटिभ भएको खबरले भन्दा बढी पीडा दियो । 

फ्ल्याटमा बस्नेहरु नेपालीहरु नै थिए, तर उनीहरु एकाएक परिवर्तन भए । मान्छेको मानसिकता न हो, यस्तै हो भन्ने ठानेर आफूलाई सम्झाएँ । 

रोगबाट जोगिनु पर्छ र जोगाउनु पर्छ थाहा छ । तर पनि रोग लागेका मानिसलाई गरिएको घृणाको व्यवहार मैले सोच्नै सकिनँ । मजस्तै यूएईको अबुधाबीमा यही फ्ल्याटमा सँगै बस्दै आएका अर्का व्यक्तिलाई पनि कोरोना भएको भए म पनि यस्तै व्यवहार देखाउँथे कि भनेर आफैंलाई सम्झाएँ । 

सबै नेपाली मात्र भएको फ्लाटमा दुःखको बेलामा ढाडससमेत नदिइ नराम्रो व्यवहार गर्दा चाहिँ नराम्रो नमानौं भन्दा पनि मन दुख्दो रहेछ । तर पनि मन बुझाउनु थियो, बुझाएँ । सानी छोरीसँगै बसेको म आफैं कति सचेत हुनुपर्ने भनेर सावधान भइरहेको थिएँ । यो बुझने क्षमता नराख्नेहरुको माझमा कोरोना लागेर बिताएका दिनले धेरै कुरा सिकायो ।

एउटै कोठामा बसेर आफ्नी सानी छोरीलाई छुन, माया गर्न नपाउँदा पीडा अवश्य भयो मलाई । 

बिहानपख फोन आयो । तपाईँको रिपोर्ट नेगेटिभ आएछ, आइसोलेसनमा बस्नु पर्दैन, तर तेस्रो रिपोर्ट पोजेटिभ देखिएमा हामी रिसिभ गर्नेछौं भने । यो रिपोर्ट आएपछि मन सन्तुष्ट भयो । कार्यालयले परिवारमा सबैको कोरोना जाँचको व्यवस्था गर्‍यो । सबैको रिपोर्ट पनि नेगेटिभ नै आयो ।

रातमा फेरि फोन आयो । मलाई बाहिर आइसोलेशनमा राख्ने भनेर । मैले दुईदिन अगाडि मात्र दोस्रो पटक कोरोना जाँच गराएको जानकारी गराएँ । यो कुरा सुनेपछि त्यसको रिपोर्ट आएपछि फेरि फोन गर्छौं भने । 

फोन राखेदेखि रिपोर्ट नआउञ्जेलको समय फेरि मनमा अनेक कुरा खेल्न थाल्यो । नराम्रो लाग्यो । आजसम्म एकरात टाढा नभएकी छोरीसँग कहिलेसम्म टाढिनुपर्ने भनेर चिन्ता लागिरह्यो ।

बिहानपख फोन आयो । तपाईँको रिपोर्ट नेगेटिभ आएछ, आइसोलेसनमा बस्नु पर्दैन, तर तेस्रो रिपोर्ट पोजेटिभ देखिएमा हामी रिसिभ गर्नेछौं भने । यो रिपोर्ट आएपछि मन सन्तुष्ट भयो । कार्यालयले परिवारमा सबैको कोरोना जाँचको व्यवस्था गर्‍यो । सबैको रिपोर्ट पनि नेगेटिभ नै आयो ।

केही दिन छोरीबाट एउटै कोठामा पनि टाढा बसेँ ।  परिवारबाट जोगिएर आज सबैसँग साथमा छु, सँगै छु । परिवारको सहयोग, साथ माया र विश्वासले मलाई कोरोना जित्नमा महत्वपूर्ण भूमिका खेल्यो । 

यी उपाय अपनाएँ

यस बीचमा म आफूले दिनको चार पटकसम्म तातोपानीको बाफ लिएँ । अदुवा, मरिच, बेसार, कालोजिरा, कागती, मह राखेर दिनमा ४ पटकसम्म तातोपानी पिएँ । अन्य समयमा पानी पिउँदा तातोपानी मात्र पिएँ । म लगायत कोठामा बस्ने सबैले यसैगरी आफ्नो स्वास्थ्यको ख्याल गर्‍यौं ।

कोरोना पोजेटिभ देखिएकालाई म एउटै कुरा भन्न चाहन्छु कि आत्मबल बलियो बनाउनुहोस् । तातोपानी, कागती पानी पिउन अल्छी नगर्नुस् । कमजोर मानसिकता भएकाहरुले गरेको घृणाको पछि नलाग्नुस् । साथ दिने, सल्लाह दिनेहरुबाट नभाग्नुस् । आफूलाई केही साह्रो परेमा नलुकाउनुस् । कति मान्छेको कोरोनाको कारण मृत्यु भएको छ मलाई पनि केही हुन्छ कि भनेर नसोच्नुस्, कयौं निको भएर सामान्य जीवन जिउँदै छन् भन्ने सोच्नुस् ।

रोग लागेकालाई घृणा गर्छन् भनेर आफूमा भएको अप्ठेरो लुकाउने कसैले पनि नगर्नुहोला । परिवारको साथले जस्तोसुकै दुःखमा पनि हौसला दिन्छ । परिवारमा पनि सबैले सकेसम्म आफैं सचेत भएर बसेमा डराउनुपर्ने अवस्था छैन ।

कोरोना पोजेटिभ भएमा डराएर होइन, हिम्मतका साथ आफनो स्वास्थ्यको ख्याल गर्नुहोस् । कमजोरी खोज्ने भाइरसलाई आत्मबल र बच्ने उपायले भगाउन मद्दत गर्नेछ ।

अन्तिम अपडेट: असार ७, २०७७

तपाईको प्रतिक्रिया