एमसीसी परियोजनाको विरोधमा माइतीघरमा प्रदर्शन

 जेठ २१, २०७७ बुधबार २०:४७:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन गरिएको छ । 

नेपाल क्रान्तिकारी माओवादीका विभिन्न भातृ सङ्गठनले एमसीसी खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन गरेका हुन् । एमसीसी पारित गरेर नेपाललाई एक कम्पनीको जिम्मा लगाउने षड्यन्त्र थालिएको प्रदर्शनकारीहरुको आरोप छ । 

प्रदर्शनमा सहभागी विद्यार्थी नेता निर्गराज जैसीले एमसीसी पारित भए घरघरमा पुगेर आन्दोलन गर्ने बताउनुभयो । एमसीसी पारित गर्नुको सट्टा युवाहरुलाई राष्ट्रिय अभियानमा जोडेर देश विकासमा अगाडि बढ्न उहाँले आग्रह गर्नुभयो ।

सरकारले बजेटमा एमसीसी परियोजनासँग सम्बन्धित परियोजना समावेश गरे पनि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पनि विवादको विषय बनेको छ ।

बुधबार नै माइतीघरमा जनता समाजवादी पार्टीले पश्चिम रुकुमको घटनाकाे निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गर्दै प्रदर्शन गरेको छ । २१ औँ शताब्दीमा पनि मान्छे मान्छेबीच हुने विभेद अन्त्य हुन नसकेको भन्दै प्रर्दशनकारीहरुले दुःख व्यक्त गरेका छन् ।    
 

अन्तिम अपडेट: माघ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया