नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले युगान्डा भ्रमण गर्ने, १८ ...
फागुन ६, २०८१ मंगलबार
काठमाण्डाै – नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले आजदेखि आजदेखि बिहान ११ बजेसम्म पसल र व्यवसाय खुला गर्ने निर्णय गरेको छ ।
लकडाउन लम्बिँदै जाँदा व्यापारी तथा व्यवसायी पेसाबाटै पलायन हुने र रोजीरोटी नै गुम्ने अवस्था आएकाेले आजदेखि बिहान ११ बजेसम्म पसल तथा व्यवसाय खुला गर्ने निर्णय गरेको महासङ्घका अध्यक्ष नरेश कटुवालले जानकारी दिनुभयो ।
सरकारले लकडाउनलाई निरन्तरता दिएको, लकडाउन खुलाउने पहल नगरेको तर कर तिर्न भने ताकेता गरिरहेको अवस्थामा अझै लकडाउन लम्बिने र व्यापार/व्यवसाय बन्द हुने हो भने पेसाबाटै पलायन हुनुपर्ने अवस्था आएकाेले रहरले नभइ बाध्यताले यस्तो निर्णय गर्नुपरेको महासङ्घले जनाएको छ ।
बजार पसल खुला भए पनि कोरोनाको जोखिम कम गर्न न्यूनतम दुरी कायम गर्ने, मास्क र स्यानिटाइजर प्रयोग गर्नेलगायत विश्व स्वास्थ्य सङ्गठन र नेपाल सरकारले भनेको मापदण्ड अनुसारको सावधानी अपनाइने महासङ्घले जनाएकाे छ ।
सरकारले पसल खोल्न नदिए राज्यलाई तिर्ने कर, घरभाडा, बैंकको ब्याज र कर्मचारीको तलवको जिम्मा सरकारले लिनुपर्ने महासङ्घका अध्यक्ष कटुवालले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।