'निसर्ग' चक्रवातकाे असर नेपालमा पनि, भाेलि र पर्सी ठूलाे पानी पर्ने सम्भावना

 जेठ २२, २०७७ बिहीबार ९:२३:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – शुक्रबार र शनिबार देशका केही ठाउँमा ठूलो पानी पर्न सक्ने भन्दै सावधानी अपनाउन मौसमविद्ले सुझाव दिएका छन् ।

अरब सागरमा बनेको चक्रवात निसर्ग कमजोर हुँदै गए पनि नेपालसम्म आइपुग्दा यसले असर गर्ने भएकाले आजभन्दा भोलि र पर्सी देशका धेरै ठाउँमा सामान्यदेखि हल्का पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् वरुण पौडेलले यसकै प्रभावले वाग्मती र गण्डकी प्रदेशको केही ठाउँमा ठूलो पानी पर्ने, बाढी र पहिरोको जोखिम रहेको भन्दै सावधानी अपनाउन आग्रह गर्नुभएको छ ।

यसैगरी उच्च हिमाली भेगमा हिमपात पनि हुने उहाँको अनुमान छ । निसर्ग चक्रवातसँगै स्थानीय र पश्चिमी वायुको प्रभावले अहिले पनि देशभरिकै मौसम बदली भइ सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश ५ का केही ठाउँमा पानी परिरहेको उहाँले जानकारी दिनुभयो ।

आज पनि देशका धेरै ठाउँको मौसम पूर्णरुपमा नखुल्ने तर आजको भन्दा भोलि र पर्सीको मौसम अझै बिग्रने सम्भावना रहेको मौसमविद् पौडेलको भनाइ छ । पर्सी शनिबार बेलुकीदेखि भने मौसम खुल्दै जाने उहाँको अनुमान छ । 

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया