भक्तपुरको बालकोटमा बाबुछोरा मृत अवस्थामा भेटिए
पुस ८, २०८१ सोमबार
दाङ – दाङमा बिहीबार थप १५ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा राजपुर गाउँपालिकाका तीन, बङ्गलाचुली गाउँपालिकाका ६, घोराही उपमहानगरपालिकाका पाँच र बबई गाउँपालिकाका एक जना गरी १५ जनामा काेरोना पुष्टि भएको हो ।
योसँगै दाङमा कोरोना सङ्क्रमितको सङ्ख्या ७१ पुगेको छ । बिहीबार सङ्क्रमण पुष्टि भएकाहरु भारतका विभिन्न शहरबाट आएका हुन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र अहिले क्वरेण्टीनमा राखिएकाे प्रतिष्ठानले जनाएको छ ।
राजपुर २ का ३४, वडा नम्बर ३ का २७ वर्षीय र वडा नम्बर ४ का २६ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ। बङ्गलाचुली गाउँपालिका ३ का १७ र २२ वर्षीय युवकमा सङ्क्रमण देखिएकाे हाे । त्यस्तै बङ्गलाचुली गाउँपालिका ४ का १६ र २४ वर्षीय युवक, २३ वर्षीया युवतीमा कोरोना पुष्टि भएको छ ।
घोराही उपमहानगरपालिका २ का ९, १८, २१, २२, ३३, ३६ वर्षीय व्यक्तिमा कोरोना पुष्टि भएको छ । यस्तै बबई गाउँपालिका ५ का १९ वर्षीय व्यक्तिमा पनि बिहीबार सङ्क्रमण पुष्टि भएको हाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।