प्राधिकरणको नयाँ कदम : बक्यौता नतिर्ने उद्योगका खाता रोक्कादेख...
मंसिर १२, २०८१ बुधबार
काठमाडौं – पत्रकार एवं साहित्यकार यादव थपलियाको उपचारमा संलग्न चिकित्सकको लापर्बाहीका कारण मृत्यु भएको भनी उहाँका श्रीमती गंगा खतिवडाले छानबिनका लागि काठमाडौं जिल्ला प्रशासन कार्यालयमा उजुरी दिनुभएको छ ।
सामान्य ज्वरो आएर सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज अस्पताल भर्ना गरेको ४८ घण्टा बित्न नपाउँदै गत असार १५ गते थपलियाको निधन भएको थियो । थपलिया कान्तिपुर दैनिकमा कार्यरत हुनुहुन्थ्यो भने नागार्जुन साहित्यिक प्रतिष्ठानका पूर्वमहासचिव हुनुहुन्थ्यो ।
श्रीमती खतिवडाले निवेदनमा भनिएको छ, ‘चिकित्सकले बिरामीको निधनमा हामीलाई जे कारण (भाइरल इन्फ्लुएञ्जा) भन्नुभएको थियो, परीक्षणका क्रममा त्यो असत्य सावित भएको छ, भाइरल इन्फ्लुएञ्जा नेगेटिभ देखिएको छ, त्यसैले यसको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्दछु ।’
उपचारमा संलग्न चिकित्सकले शुरुमा उहाँलाई सामान्य ज्वरो (टाइफाइड) भएको बताएको थियो । असार १४ गते बिहान कलेजोमा संक्रमण देखिएको भन्दै पूर्ण परीक्षण नगरी उहाँलाई ‘हाइकेएर’मा राखेका थिए ।
बिरामीको निधनपछि अस्पताल प्रशासनले विभिन्न रिपोर्ट दिनलाई आनाकानी र अस्वीकार गर्नुले उपचारमा त्रुटि देखिएको खतिवडाको दावी छ ।
आफूले बितेको श्रीमान्का कुनै क्षतिपूर्ति रकम नमाग्ने तर सत्यतथ्य पत्ता लगाई कारबाही भएमा यस्ता घटना नदोहरिने भएकाले उजुरी गरेको गंगा खतिवडाले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।