इटहरी गोल्डकपमा चर्च ब्वाइजलाई हराउँदै धरान फुटबल क्लब सेमिफा...
फागुन ७, २०८१ बुधबार
काठमाण्डौ - नेपालमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएका धेरैलाई भाइरसको लक्षण नदेखिएको पाइएको छ ।
रुखाघोकी लाग्ने, १ सय ४ डिग्रीभन्दा बढी ज्वरो आउने, सास फेर्न ग्राहो हुने, स्वाद थाहा नपाउने, थकाइ लाग्ने कोरोना भाइरस सङ्क्रमणपछि देखिने लक्षणहरु हुन् । तर नेपालमा सङ्क्रमितमध्ये झण्डै ९५ प्रतिशतमा त्यस्ता लक्षण नदेखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर वासुदेव पाण्डेले बताउनुभयो ।
अहिलेसम्म २६ सय ३४ जनामा सङ्क्रमण देखिए पनि धेरैजसोको अवस्था सामान्य रहेको उहाँको भनाइ छ । सङ्क्रमितमध्ये पाँच प्रतिशतमा लक्षणसहित मुटुरोग, उच्च रक्तचाप, दम लगायतका अरु पनि समस्या रहेको पाइएको छ ।
निको हुने कोरोना सङ्क्रमितको संख्या ३ सय १३ पुगेको छ । सङ्क्रमितमध्ये १० जनाको ज्यान गएको छ । तर नेपालमा कोरोना सङ्क्रमणको दर भने बढ्दै गएको छ । सङ्क्रमितको संख्या बढ्दै गएपछि उनीहरुको लक्षण र स्वास्थ्य अवस्था हेरेर उपचार गर्ने सरकारको तयारी छ ।
यसको अर्थ कोरोना भाइरसको सङ्क्रमण देखिएका सबैलाई अस्पतालमा राखिने छैन । अस्पतालमा बेड नै नपुग्ने भएपछि सामान्य लक्षण र जटिल अवस्था नभएकाहरु घरमै बस्नुपर्नेछ । स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डाक्टर खेम कार्कीका अनुसार विश्वमा कोरोना सङ्क्रमित मध्ये झण्डै ८० प्रतिशतमा लक्षण नै नदेखिने या त सामान्य लक्षण देखिने गरेको छ ।
त्यसैका आधारमा सङ्क्रमितमध्ये १५ देखि २० प्रतिशतलाई मात्रै अस्पतालमा राखेर उपचार गर्नेगरी मन्त्रालयले योजना बनाएको छ । अरु सङ्क्रमित घरमै या पालिकाले तोकेको आइसोलेसन सेन्टरमा बस्नुपर्नेछ ।
जसको घरमा छुट्टै सुत्ने कोठा र बाथरुम छ, ज्येष्ठ नागरिक र बालबालिका छैनन्, परिवारले स्याहार सुसार गर्न सक्नेछन्, उनीहरु होम आइसोलेसनमा बस्नेछन् । अमेरिका, जापान लगाय अरु देशमा पनि यस्तो अभ्यास गरिएको डाक्टर कार्कीको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।