इटहरी गोल्डकपमा चर्च ब्वाइजलाई हराउँदै धरान फुटबल क्लब सेमिफा...
फागुन ७, २०८१ बुधबार
काठमाण्डौ - भन्सार विभागले बजेट भाषणअघि सूचना चुहाएर धेरै विद्युतीय गाडीको आयात नभएको स्पष्ट पारेको छ ।
आगामी आर्थिक वर्षको बजेटमा विद्युतीय गाडीको भन्सार र अन्तशुल्क बढाउने सूचना बाहिरिएपछि सयौं गाडी रातारात भन्सार जाँचपास गराइएको भन्दै विरोध भएपछि भन्सार विभागले आयात भएका गाडीको संख्या र मिति सार्वजनिक गरेर असामान्य आयात नभएको स्पष्ट पारेको हो ।
भन्सार विभागका अनुसार २०७७ जेठ १ देखि १४ सम्म जम्मा ९३ वटा विद्युतीय सवारी साधनहरु भन्सार जाँचपास भएका छन्् । जसमध्ये जेठ ७ गते ७५ वटा, जेठ १३ गते १६ वटा र जेठ १४ गते २ वटा मात्र जाँचपास भएका छन् । गतवर्ष पनि जेठमा ५४ वटा विद्युतीय गाडीहरु जाँचपास भएका थिए । गत वर्षकोभन्दा यो वर्ष आयात दोब्बरको नजिक पुगेको देखिएकोले यो वर्ष जेठमा ९३ वटा हुनु सामान्य कुरा भएको विभागको दावी छ ।
सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट वैशाख १६ गते जाँचपास भएका ४५ वटा गाडी चैत्र २५ मा भन्सारमा आइपुगेका र जेठ ७ गते जाँचपास भएका ७५ वटा गाडी वैशाख ११ गते भन्सारमा आइपुगेका विभागले जनाएको छ ।
बजेटको एक हप्ता अगाडि जेठ ८ देखि १५ सम्मका ७ दिन जम्मा १८ वटा मात्र विद्युतीय गाडीहरु जाँचपास भएका तर यही अवधिमा पेट्रोलियम गाडीहरु भने ३ सय ४३ भएका थिए ।
बजेट प्रस्तुतिको अघिल्लो दिन अर्थात जेठ १४ गते विद्युतीय गाडी २ वटा जाँचपास भएका थिए भने पेट्रोलियम गाडीहरु १ सय ७९ वटा आयात भएका थिए ।
भन्सार दररेट जेठ १४ गते राती मात्र यकिन हुने भएकोले जेठ ७ गते आयात भएका गाडीहरु कुनै संकेत पाएर जाँचपास हुने सम्भावना नरहेको विभागले स्पष्ट पारेको छ ।
चालु आर्थिक वर्षको श्रावणमा ९१ वटा, मंसिरमा ११२ वटा, पौषमा ९५ वटा गाडीहरु जाँचपास भएका र जेठमा ९३ वटा जाँचपास हुनु सामान्य भएको विभागले जनाएको छ ।
बजेट प्रस्तुतिको अघिल्लो दिन अर्थात प्रत्येक वर्षको जेठ १४ गते सामान्यतया धेरै राजश्व संकलन हुने गरेको भन्सार विभागले जनाएको छ । २०७७ जेठ १४ गते १ अर्ब ७२ करोड रुपैयाँ, २०७६ जेठ १४ २ अर्ब १५ करोड रुपैयाँ र २०७५ जेठ १४ गते २ अर्ब १९ करोड रुपैयाँ संकलन भएको विभागले जनाएको छ ।
गएको आर्थिक वर्ष र यो आर्थिक वर्षमा आयात भएका विद्युतीय र पेट्रोलियम पदार्थबाट चल्ने गाडीको संख्या यस्तो छ :
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।