इटहरी गोल्डकपमा चर्च ब्वाइजलाई हराउँदै धरान फुटबल क्लब सेमिफा...
फागुन ७, २०८१ बुधबार
काठमाण्डौ - अरब सागरमा बनेको चक्रवात निसर्गको असरले अहिले देशका धेरै ठाउँमा वर्षा भएको छ ।
प्रदेश १, प्रदेश २, वाग्मती र गण्डकी प्रदेशसहित प्रदेश ५ का पूर्वी क्षेत्रमा पानी परिरहेको मौसमविद्ले बताएका छन् । चक्रवात निसर्ग कमजोर भएर बनेको न्यूनचापीय क्षेत्रको प्रभावले बिहीबार रातिदेखि वर्षा भइरहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँका अनुसार आज दिनभरीकै मौसम यस्तै रहने अनुमान छ ।
आज र भोलि देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना रहेको अर्का मौसमविद् समिर श्रेष्ठले बताउनुभयो । भोलि बेलुकादेखि भने मौसम खुल्दै जाने अनुमान छ । यस्तै मौसमविद्ले यो चक्रवातको प्रभाव अन्त्य भएपछि नेपालमा मनसुनी गतिविधि सुरु हुने बताएका छन् ।
मनसुनका लागि प्रक्रिया सुरु भइसकेको तर गतिविधि भने यो चक्रवातको अन्त्यपछि सुरु हुने मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । नेपालमा १० जुनमा मनसुन भित्रनुपर्नेमा केही वर्षयता केही ढिलो हुने गरेको छ । यसपाला पनि एक-दुई दिन ढिलो हुने अनुमान गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।