विश्वमा कोरोनालाई जित्ने बढे : पछिल्लो २४ घण्टामा ८० हजारभन्दा धेरै निको

 जेठ २३, २०७७ शुक्रबार ११:५०:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - विश्वमा कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरु निको हुने क्रम बढेको छ ।

पछिल्लो दुई हप्ता यता निको हुनेको संख्या बढेको वर्ल्डओमिटरले जनाएको छ । पछिल्लो २४ घण्टामा मात्रै झण्डै ८१ हजार जना निको भएका छन् । बुधबार जुन ३ तारिखमा एक लाख ५३ हजार ६ सय ९९ जनाले कोरोनालाई जित्न सके । हिजो भने यो संख्या केही घट्यो । हिजो ८० हजार ८ सय ३१ जना निको भएका छन् ।

गएको मे २२ तारिख अर्थात ९ गते एक लाख ६ हजार ९ सय ३७ जना सङ्क्रमित निको भएका थिए । मे २३ तारिखमा भने ५९ हजार ५ सय १५ जना, मे २४ तारिखमा ५५ हजार ७ सय १९ जना तथा मे २५ मा बढेर ६५ हजार ३ सय ६९ जना निको भएका थिए ।

यस्तै मे २६ तारिखमा ६६ हजार ६ सय ३२ जना निको भए । मे २७ तारिखमा ६८ हजार ४ सय ७२ जनाले कोरोना भाइरसलाई जिते भने २८ तारिखमा ८४ हजार भन्दा धेरै सङ्क्रमित निको भए । यस्तै मे ३१ मा एक लाख ९ हजार भन्दा धेरै निको भए ।

विश्वमा अहिले ६७ लाख भन्दा धेरै सङ्क्रमित छन् । यसमध्ये ३२ लाख ५२ हजार भन्दा धेरै निको भएका छन् भने ३ लाख ९३ हजार २ सय २४ जनाको ज्यान गएको छ ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया