इटहरी गोल्डकपमा चर्च ब्वाइजलाई हराउँदै धरान फुटबल क्लब सेमिफा...
फागुन ७, २०८१ बुधबार
काठमाण्डाै - ‘सेलिब्रेट बायो डाइभर्सिटी’ अथवा ‘मनाऔँ जैविक विविधता’ भन्ने नाराका साथ आज विश्व वातावरण दिवस मनाइँदैछ ।
केही वर्ष यता वन विनास, अतिक्रमण, जलवायु परिवर्तनलगायत मानवीय कार्यले प्रकृतिमाथि ज्यादती बढ्दै गएको छ । यसको प्रत्यक्ष असर जैविक विविधतामा परेको संयुक्त राष्ट्र संघले जनाएको छ । राष्ट्र संघले प्रकृतिको रक्षाका लागि आह्वान पनि गरेको छ ।
राष्ट्र संघको तथ्याङ्कअनुसार पछिल्लो ५० वर्षमा झण्डै ६० प्रतिशत वन्यजन्तुको संख्या घटेको र सङ्क्रामक रोगका जीवाणु, जनावरबाट मान्छेमा सर्ने क्रम ४ गुणाले बढेको छ । संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आह्वानमा हरेक वर्ष जुन पाँच तारिखमा यो दिवस मनाउने गरिएको छ ।
वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक चेतना जगाउने उद्देश्यका साथ सन् १९७२ को ५ जुनदेखि १६ जुनसम्म संयुक्त राष्ट्रसङ्घको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । सम्मेलनको एक वर्षपछि वातावरणीय संरक्षणको आवश्यकता महसुस गरी १९७३ देखि जुन ५ तारिखलाई विश्व वातावरण दिवसका रुपमा मनाउन थालिएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।