यूएईबाट एकसय ५७ नेपाली बोकेर जहाज काठमाण्डौ उड्यो, ६ बजेर १० मिनेटमा नेपाल आइपुग्ने

 जेठ २३, २०७७ शुक्रबार १४:४४:९ | उज्यालो सहकर्मी

यूएई – यूएईबाट एक सय ५७ नेपाली लिएर जहाज नेपाल उडेको छ । कोरोनाको कारण समस्यामा परेका एकसय ५७ जना नेपाली एअर अरबियाको उडान नम्बर जी नाइन १७५१ मार्फत नेपाल उडेका हुन् ।

जहाजमा इजादा फ्यासिलिटी म्यानेजमेण्ट कम्पनीका ६७ जना र ट्रन्सगार्ड सेक्युरिटी कम्पनीमा सेक्युरिटीको काम गर्ने ७९ जना र ११ जना अन्य नेपालीसहित एकसय ५७ जना छन् । नेपाल नागरिक उड्डयनका प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले भने यूएईबाट १६८ जना यात्रु तथा एक शवसहित जहाज आउँदै गरेको बताउनुभयो । जहाज साँझ ६ बजेर १० मिनेटमा त्रिभुवन विमानस्थलमा अवतरण गर्नेछ । 

यूएईबाट नेपाल उडान हुने भनेपछि बिहानैदेखि विमानस्थलमा नेपालीहरु पुगेका थिए । सुरुमा यूएईको स्थानीय समय अनुसार १० बजेर ५५ मिनेटको बोर्डिङपास दिइएको थियो । नेपालीलाई एकपटक जहाजमा राखेर फेरि ओरालिएको थियो । त्यसपछि क्वरेण्टीनमा बस्छु भन्ने कागजमा सही गराएपछि यात्रु लिएर जहाज नेपालतर्फ उडेको हो । फर्कने नेपालीको कोरोना जाँच भएको छैन ।

सरकारले विदेशबाट फर्काइने नेपालीको साथमा कोरोना जाँचको रिपोर्ट अनिवार्य हुनुुपर्ने मापदण्ड बनाएको छ । तर यूएईले आफ्नै खर्चमा एकसय ६८ सिट क्षमताको जहाजमार्फत पठाउने भनिएको उडान भने हुन सकेन । अहिले विमानस्थलमा पुगेका नेपालीहरु भने साथमा पैसा, पासपोर्ट र टिकट हुनेहरु हुन् ।

उनीहरुलाई टिकटको व्यवस्था कम्पनीले गर्‍यो या आफैं टिकट काटे भन्नेबारे खुलेको छैन । साथमा पैसा र टिकट काट्न सक्नेहरु विमानस्थल पुगे पनि अन्यको हकमा भने अन्यौल भएको छ ।

विदेशमा अति नै दुःख पाएका नेपालीलाई उद्धार गर्ने सरकारको निर्णयअनुसार उनीहरुलाई स्वदेश ल्याउन लागिएको हो । यसअघि शुक्रबार बिहान म्यानबारबाट २६ जना नेपालीलाई स्वदेश ल्याइएको छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

5 Comments

  • Lakchung Sherpa

    June 5, 2020, 7:08 p.m.

    म दुबईको अजमानतिर छु / अहिले यो कोरोनाले गर्दा बिजोग भएको छ / म रुममा बसेको ३ महिना भयो ...अहिले मेरो भीसा पनि सकियो ...म नेपाल जानुपर्ने भयो / यहाँ काम पनि छैन...भीसा पनि सकियो ...अहिलले खान पनि आफ्नै पैसाले किनेर खानु परेको छ ..त्यसैले जसरी भएपनि नेपाल जानुपर्यो /

  •  0 Reply
  • Dinesh singh thakuri

    June 5, 2020, 5:10 p.m.

    राम्रो ....यहाँ दुख पाएकाहरुलाई छिटो नेपाल पुर्यौनु पर्छ ।तर अहिले दुबाइ र अबुधाबी मात्र हेरिएको छ्’एर्को कुरा फम भर्न नजान्ने कती नेपाली पनि छ्न यिनिहरुको दाता कोले सन्कलन गर्ने

  •  0 Reply
  • suraj thapa

    June 5, 2020, 4:43 p.m.

    बिदेशम कोरोनाको तरसमा बसेका नेपालिहरु घर फर्कियको खबर्ले मन भित्रै देखि हर्सित भय्को छ।अब मेरूअनी पालो आउछकी भन्ने आसा ओअलायको छ।तर नेओअलमा के कस्तो बेवास्था छ राम्रो सङग कोरोना को टेस्ट गराय्र मात्र स्थानिय निकाय सम्म पुराइयोस । Suraj Thapa UAE fujaherah

  •  0 Reply
  • Santosh naral

    June 5, 2020, 3:27 p.m.

    I am a student from Nepal. I came in Dubai for internship my internship is completed and I have to go back. My visa is cancelled and I am having several problems.

  •  0 Reply
  • बिनोद कुमार नकाल

    June 5, 2020, 2:56 p.m.

    कम्पनी को नाम :- ocean dive center 3 महिना भयो खाना बस्न केहि दिएको छैन

  •  0 Reply

तपाईको प्रतिक्रिया