सञ्चारकर्मीलाई पारिश्रमिक दिन, निर्बाध काम गर्न दिन मानव अधिकार आयोगद्वारा सरकारको ध्यानाकर्षण

 जेठ २४, २०७७ शनिबार १५:३८:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय मानव अधिकार आयोगले लकडाउनको समयमा सञ्चारकर्मीमाथि भएका दुर्व्यवहारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

लकडाउनको समयमा समाचार सङ्कलनमा हिँडेका २२ जना सञ्चारकर्मी पक्राउ परेको, धेरैलाई धम्की, आक्रमण र दुर्व्यवहार भएको, सूचना दिने निकायले सूचना नदिएको भन्दै आयोगले विना रोकटोक समाचार सङ्कलन गर्न पाउने अधिकारको रक्षा गरिदिन सरकारसँगै सम्बन्धित निकायसँग अनुरोध गरेको छ ।

साथै केही सञ्चारमाध्यमले सञ्चारकर्मीलाई तलब नदिएको र केही सञ्चारमाध्यम बन्द हुने अवस्थामा पुग्दा समस्या उत्पन्न भएकोप्रति पनि आयोगले ध्यानाकर्षण गराएको छ । आयोगले श्रमजीवी पत्रकारको पारिश्रमिक सुनिश्चित गरेर उनीहरुको सुरक्षाको लागि तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

यस्तै क्वरेण्टीनकाे उचित व्यवस्थापन गरेर त्यहाँ बस्ने नागरिकको मौलिक हकको कार्यान्वयन गर्न पनि आयोगले सरकारलाई आग्रह गरेको छ । क्वरेण्टीनमै मृत्यु भएका घटनाप्रति गम्भीर बन्न र सुधार गर्न पनि आयोगले विज्ञप्तिमार्फत सरकारको ध्यानाकर्षग गराएको छ । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया