भारतको उडिसा घटनाबारे शिक्षा मन्त्रालयको गम्भीर ध्यानाकर्षण
फागुन ७, २०८१ बुधबार
काठमाण्डाै - नेपालका ७ जिल्ला अहिलेसम्म कोरोना सङ्क्रमणबाट सुरक्षित रहेका छन् ।
प्रदेश १ र गण्डकीमा दुई-दुई जिल्ला तथा वाग्मती, प्रदेश ५ र कर्णालीमा एक-एक जिल्ला सङ्क्रमणबाट सुरक्षित रहेका हुन् । स्वास्थ्य मन्त्रालयको तथ्याङक अनुसार प्रदेश १ का इलाम र ओखलढुङगा, वाग्मतीको रसुवा, गण्डकीको मनाङ र मुस्ताङ, प्रदेश ५ को रोल्पा र कर्णालीको रुकुम पश्चिममा कोरोनाको सङ्क्रमण देखिएको छैन ।
शुक्रबार कर्णालीको हुम्ला र गण्डकीको गोरखा र कास्की तथा हिजो कर्णालीकै जाजरकोट र डोल्पामा पहिलो पटक कोरोना सङ्क्रमण भेटिएको हो । योसँगै नेपालमा ७० जिल्लामा कोरोना सङ्क्रमित भेटिएका छन् ।
प्रदेश नम्बर २ का सबै ८ जिल्ला र सुदूरपश्चिमका ९ वटै जिल्लामा सङ्क्रमण फैलिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हिजो थप ३ सय २३ जनामा कोरोना भेटिएसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको छ ।
प्रदेश २ र ५ मा गरी कोरोना सङ्क्रमितको संख्या दुई हजार नाघेको छ । मन्त्रालयको प्रादेशिक विवरण अनुसार प्रदेश १ का १४ मध्ये १२ जिल्लामा २ सय ४९ जना, प्रदेश २ का ८ जिल्लामा १ हजार ७७ जना, वाग्मतीका १३ मध्ये १२ जिल्लामा ९० जना, गण्डकी प्रदेशका ११ मध्ये ९ जिल्लामा ७३ जना, प्रदेश ५ का १२ मध्ये ११ जिल्लामा १ हजार ६१ जना, कर्णाली प्रदेशका १० मध्ये ९ जिल्लामा ५ सय ७९ जना र सुदूरपश्चिमका ९ जिल्लामा १ सय ६ जना सङ्क्रमित रहेका छन् ।
गण्डकी प्रदेशमा आज थपिएका ३८ जनामा सङ्क्रमितको विवरण भने मन्त्रालयको पछिल्लो तथ्याङकमा समावेश छैन । नेपालमा कोरोनाको कारण ज्यान गुमाउनेको सँख्या १३ पुगेको छ ।
सङ्क्रमितमध्ये ३ सय ६५ जना भने उपचारपछि निको भएका छन् । चीनको वुहानबाट गएको डिसेम्बरमा सुरु भएको कोरोना भाइरस कोभिड १९ को सङ्क्रमण नेपालमा पहिलो पटक माघ १० मा पुष्टि भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।