सोलुखुम्बुमा चिहान खनेर हड्डी निकाल्ने ३ जना पक्राउ

 जेठ २५, २०७७ आइतबार ८:२८:७ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु : सोलुखुम्बु प्रहरीले मानिसको हड्डीसहित ३ जनालाई पक्राउ परेको छ । 

जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका ४ पाङमोचेमा चिहान खनेर मानिसको हड्डी निकालेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सोलुदुधकुण्ड नगरपालिका-५ का भिम बहादुर तामाङ, सोताङ गाउँपालिका ८ का टेकमान राई र मोलुङ गाउँपालिका १ ओखलढुङ्गाका लाङिमा शेर्पा रहेका छन् ।

पक्राउ परेका व्यक्तिहरु केहि समयदेखि खुम्बु क्षेत्रमा बस्दै आएको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिनुभयो । 

उनीहरुलाई स्थानीयले दिएको सूचनाको आधारमा प्रहरीले पक्राउ हो । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

1 Comments

  • कमल बसेल

    June 9, 2020, 10:36 a.m.

    नेपाल कै पहिलो घटना हुनु पर्छ। यसरी मान्छे को हडि चोरी निकासी गर्ने।

  •  0 Reply

तपाईको प्रतिक्रिया