शान्ति सम्झौताअन्तर्गत युक्रेनमा नेटो सेनालाई रुसले स्वीकार नगर्ने
फागुन ७, २०८१ बुधबार
काठमाण्डौ - काठमाण्डौ उपत्यकाका मुख्य सडकहरुमा गाडीको चाप बढेको छ ।
हिजो शनिबार र पानी समेत परेकाले उपत्यकाभित्र गाडीको चाप केही कम देखिए पनि आज अलि बढेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । ट्राफिक प्रहरीले विभिन्न ठाउँमा जाँचलाई पनि कडा पारेको छ ।
सरकारले गरेको लडकडाउनको निर्णय फेरबदल नभएको तर अरु दिनको तुलनामा चहलपहल केहि बढेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
गाडी चलाउन पास प्राप्त भएकाहरु थपिदै गएको, उद्योग तथा कलकारखाना खुल्न थालेको, बैंकहरु पनि खुलेका, अत्यावश्यक सरकारी कार्यालयमा सेवा नरोकिएको, बाहिरी जिल्लाबाट समेत काठमाण्डौ भित्रने क्रम बढेको र विकास निर्माण तथा कृषि सामग्रीका गाडीलाई नरोकिएको हुँदा चहलपहल बढेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जिवनकुमार श्रेष्ठले बताउनुभयो ।
लकडाउनले जनजीवन र आर्थिक क्रियाकलापमा समेत असर पर्न थालेका कारण मानिसहरु लकडाउनको पर्वाह नगरी काममा निस्कन थालेका हुन् । सडकमा साना र निजी गाडीहरु अरु दिनको तुलनामा धेरै चलेका पनि महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक श्रेष्ठले बताउनुभयो ।
तर लकडाउन नखुलेकाले अत्यावश्यक कामबाहेक र बिना पास चलेका ११ सय ५ वटा गाडीलाई होल्ड गरिएको उहाँले जानकारी दिनुभयो । बिहान ५ बजेदेखि ११ बजेसम्मको अवधिमा ती गाडी होल्ड भएका हुन् ।
गाडी चलाउने क्रम बढेपछि जाँच गर्नुपर्दा केहीबेर ट्राफिक जाम समेत हुने गरेको उहाँको दावी छ ।
सरकारले गरेको लकडाउनको आज ७६ दिन पुगेको छ । कोभिड–१० रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेयता लकडाउन गर्दै आएको छ । सरकारले लकडाउनलाई जेठ मसान्तसम्म लम्ब्याएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।