७१ जिल्लामा काेराेना फैलियाे, रोल्पामा पनि सङ्क्रमण भेटियो

 जेठ २५, २०७७ आइतबार १८:१८:२ | उज्यालो सहकर्मी
unn.prixa.net

रोल्पा – नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार चार सय ४८ पुगेको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबार दुई सय १३ जना नयाँ सङ्क्रमित थपिएका हुन् । पछिल्लो विवरण अनुसार दुई सय नाै जना पुरुष र चार जना महिलामा सङ्क्रमण पुष्टि भएको हो ।

प्रदेश एकमा १० जना, प्रदेश २ मा ८४ जना र वाग्मती प्रदेशमा दुई जना गरी गरी ९६ जनामा सङ्क्रमण भेटिएको छ । त्यसैगरी गण्डकी प्रदेशमा ३८ जना थपिएका छन् । स्याङ्जाका १४ जना, बाग्लुङका १० जना, गोरखाका १० जना र नवलपरासी बर्दघाट सुस्ता पूर्वका चार जनामा सङ्क्रमण पुष्टि भएको हो ।

प्रदेश ५ मा २० जनामा सङ्क्रमण पुष्टि भएको छ । प्रदेश ५ को रोल्पामा पहिलो पटक कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा एक जना र भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा दुई जना गरी रोल्पाका तीन जनामा सङ्क्रमण देखिएको हो ।

योसँगै ७१ जिल्लामा सङ्क्रमण फैलिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसैगरी कर्णालीमा ५४ जना सङ्क्रमित थपिएका छन् । सुर्खेतको प्रदेश अस्पताल र पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा सल्यानका २८, सुर्खेतका २० र दैलेखका तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । 

त्यस्तै जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कालीकोटका तीन जनामा कोरोना सङ्क्रमण देखिएको हो । सुदूरपश्चिममा पनि पाँच जना सङ्क्रमित थपिएका छन् ।

नेपालमा कोरोना सङ्क्रमित तीन हजार चार सय ४८ मध्ये तीन हजार दुई सय १२ जना पुरुष र दुई सय ३६ जना महिला रहेकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया