आउँदो आर्थिक वर्षदेखि मेलम्चीबारे प्रश्न उठाउने अवस्थाको अन्त्य हुन्छ : खानेपानी मन्त्री

 जेठ २६, २०७७ सोमबार १५:५९:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फोटो

काठमाण्डौ - खानेपानीमन्त्री बिना मगरले आउँदो आर्थिक वर्षदेखि मेलम्चीको बारेमा प्रश्न उठाउने अवस्थाको अन्त्य हुने बताउनुभएको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा मन्त्री मगरले मेलम्चीमाथि वर्षौंदेखि उठ्दै आएका प्रश्नको बिट मार्ने समय छिट्टै आउने बताउनुभयो । उहाँले आउँदो आर्थिक वर्ष मेलम्चीको पहिलो चरणको भौतिक निर्माणको काम सम्पन्न हुने र काठमाण्डौ उपत्यका खानेपानी लिमिटेडको क्षेत्रभित्र मेलम्चीको पानी वितरण गरिने दाबी गनुर्भभयो । 

दोस्रो चरणमा उपत्यकाका अन्य क्षेत्रमा र चक्रपथभन्दा बाहिरको क्षेत्रमा अहिले प्रयोग हुँदै आएको मुहानबाट पानी वितरणको व्यवस्था गरिने उहाँले बताउनुभयो । उहाँले आउँदो आर्थिक वर्षको सुरुमै मेलम्चीको सुरुङको परीक्षण गरिने समेत बताउनुभयो ।

तराई क्षेत्र खासगरी प्रदेश नम्बर दुईमा खानेपानीमा आर्सनिक समस्या रहेको र त्यसको समाधानका लागि तत्कालीन र दीर्घकालीन योजनासहित अगाडि बढेको मन्त्री मगरको भनाइ छ । 

वास प्लानअनुसार तत्कालीन अवस्थामा समाधान गरिने र दीर्घकालीन रुपमा मेचीदेखि महाकालीसम्मका खोलाहरुलाई सम्भाव्यता अध्ययन गर्ने र सम्भव भएकालाई आउँदो आर्थिक वर्षदेखि डीपीआर कार्यान्वयनमा लैजाने गरी कार्यक्रम तय भएको मगरले जानकारी दिनुभयो ।

देशैभर लागु हुनेगरी खानेपानीको वास प्लान विकास गरिने र त्यसैको आधारमा खानेपानीका आयोजना तय गरिने उहाँले  भन्नुभयो । आउँदो आर्थिक वर्ष भित्रमा ९४ प्रतिशत जनसङ्ख्यामा आधारभूत खानेपानीको पहुँच पुर्याउने लक्ष्यसहित कार्यक्रम अगाडि बढाइएको उहाँले  बताउनुभयो । 

उहाँले इतिहासमै पहिलो पटक खानेपानी विधेयक संसदमा प्रस्तुत भएको र छिट्टै कानुनको रुपमा आउने विश्वास समेत व्यक्त गर्नुभयो । 

अन्तिम अपडेट: फागुन ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया