अछाम : गर्भवती महिलामा कोरोना सङ्क्रमण पुुष्टि

 जेठ २७, २०७७ मंगलबार १०:३:५० | चन्द्र थापा
unn.prixa.net

अछाम - अछाम जिल्लाबाट कोहलपुर रेफर गरिएकी गर्भवती महिलामा कोरोनाको सङ्क्रमण देखिएको छ । जिल्लाको चौरपाटी गाउँपालिका वडा नम्बर ५ की २५ वर्षीया गर्भवती महिलामा कोहलपुरमा कोरोना सङ्क्रमण पुष्टि भएको हाे ।

उनी घर फर्केर ११ दिन अघिबाट दयापिलतोला माविको क्वरेन्टीनमा रहँदै आएकी थिइन् । घर फर्केर पेट दुख्ने र सुन्निने समस्या देखिएपछि शनिबार बयालपाटा अस्पताल ल्याइएको थियो ।

आठ महिनाकी गर्भवती ती महिलालाई आन्द्रामा समस्या आएर पेट फुलेपछि उपचारका लागि हेलिकप्टरबाट उद्धार गरेर सोमबार कोहलपुर लगिएको थियो । उनको कोहलपुरमा भएको परीक्षणका क्रममा कोरोना सङ्क्रमण पुष्टि भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताउनुभयाे ।

प्रजिअ कुरुम्वाङका अनुसार ती महिलाको उपचार भैरहेको नेपालगन्ज मेडिकल कलेज कोहलपुर शिक्षण अस्पताल सिल नगरी उच्च सतर्कताका लागि भिडभाड कम गरिएको छ ।

ती महिलाको आजै अप्रेसन हुने र उनको सम्पर्कमा आएकाको कन्ट्याक्ट ट्रेसिङ गरिने पनि प्रजिअ कुरुम्वाङले जानकारी दिनुभयाे ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

चन्द्र थापा

अछामका उज्यालो सहकर्मी चन्द्र थापा रेडियो रामारोशनमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया