लकडाउनको उल्लङ्घन गर्दै न्यूरोडमा खुलेका पसल प्रहरीले बन्द गरायो : व्यापारी छलफलमा

 जेठ २७, २०७७ मंगलबार १२:२७:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - लकडाउनको उल्लङ्घन गर्दै बजार तथा पसल खुलेपछि प्रहरीले बन्द गर्न लगाएको छ ।

न्यूरोड र आसापसका पसल खुलेपछि बन्द गर्न लगाएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार व्यापारीलाई सम्झाइबुझाइ गरी अबको एक दुई दिन पसल नखोल्न भनिएको छ । तर व्यापारीले अहिले पसल बन्द गरे पनि अब के गर्ने भनेर निर्णय गरेका छैनन् ।

यसबारे अहिले छलफल भइरहेको र छलफलबाट जे निष्कर्ष निस्कन्छ त्यही गर्ने नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले बताउनुभयो । बिहान पसल खुलेपछि प्रहरी र व्यपारीबीच केही समय विवाद भएको थियो ।

सरकारले सरकारी कार्यालयसहित अत्यावश्यक वस्तु र बैंक तथा वित्तीय संस्था खुलाए पनि फेन्सी पसल भने खोल्न अनुमति दिएको छैन । यो महिनाको मसान्तसम्म सरकारले लकडाउन लम्बाएको छ । तर यसको विरोधमा स्वत स्फूर्त रुपमा अहिले उल्लङ्घन भइरहेको छ ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया