भाइबर र फेसबुकबाट खाता खोल्दा एनएमबिको नगद फिर्ता योजना

 जेठ २७, २०७७ मंगलबार १४:१७:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - एनएमबि बैंकले भाइबर र मेसेन्जरमार्फत खोलिने खातामा पहिलो पटकको मोबाइल बैंकिङ्ग कारोबारमा १० प्रतिशत छुट वा रु. ५०० सम्मको नगद फिर्ता योजना ल्याएको छ । बैंकले दैनिक उपभोग्य वस्तुको भुक्तानी, टप–अप र स्क्यान टु पे भुक्तानीमा पनि छुट र नगद फिर्ताको व्यवस्था गरेको छ ।   

यस योजनाअन्तर्गत अहिलेको कोरोना महामारीको अवधिमा बैंकले आफ्ना ग्राहक वर्गलाई सावधानीपूर्वक मोबाइल बैंकिङ्ग प्रयोग गर्न प्रोत्साहित गरेको छ । 
डिजिटल बैंकिङ्ग सेवाको दायरा विस्तार गर्दै ग्राहकहरुलाई सहजता प्रदान गर्नु आफ्नो प्राथमिकतामा रहेको बैंकले जनाएको छ । ‘हामी घरमै बसेर ढुक्कसँग बैंकिङ्ग गतिविधिहरु रोज्न सक्ने उपयुक्त माध्यम निर्माण गर्ने दिशातर्फ उन्मुख छौँ,’ बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

बैंकले आफ्ना ग्राहकलाई बैंकिङ्ग अनुभव परिष्कृत भएको महसुस गराउन भाइबर र म्यासेन्जरबाटै खाता÷मुद्दती निक्षेप खोल्ने नवीनतम र सुविधाजनक सेवाहरु ल्याइएको जनाएको छ । ‘अहिलेको अवस्थामा यो सेवा सुरुवात गर्नु भनेको सुरक्षाको मामिलामा कुनै सम्झौताबिना ग्राहकलाई वित्तीय सेवाहरु छनौट गर्न सुरक्षित वातावरण तयार पार्नु हो,’ विज्ञप्तिमा उल्लेख छ ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया