काठमाण्डौका विभिन्न ठाउँबाट २५ बालबालिकाको उद्धार, कोरोना परीक्षण हुने

 जेठ २७, २०७७ मंगलबार १५:४१:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौका विभिन्न ठाउँबाट २५ जना बालबालिकाको उद्धार गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गतकाे राष्ट्रिय बाल अधिकार परिषद्ले ठमेल, पुरानो बसपार्क र चावहिल चुच्चेपाटीमा बेवारिसे अवस्थामा भेटिएका २५ जना बालबालिकाकाे उद्धार गरेको हो ।

उनीहरुलाई पुनर्स्थापना केन्द्रमा राखिएको छ । ठमेलबाट १७, पुरानो बसपार्कबाट तीन र चावहिल चुच्चेपाटीबाट पाँच जनाको उद्धार गरिएकाे हो । उद्धार गरिएका सबै बालिबालिकाको कोरोना परीक्षणको पनि व्यवस्था मिलाइएको परिषद्का प्रमुख प्रशासकीय  अधिकृत कृष्णप्रसाद भुषालले जानकारी दिनुभयो ।

लकडाउनको बेला काठमाण्डाै उपत्यकाभित्र ३५ जना र उपत्यकाबाहिर ३२ जना गरी ६७ जना सडक बालबालिकाको उद्धार गरी संरक्षणको व्यवस्था मिलाइएको पनि परिषद्ले जनाएको छ ।

सरकारले २०७३ साल वैशाखबाट ‘सडकमुक्त बालबालिका’ अभियान अन्तर्गत सडक बालबालिकाको उद्धार र व्यवस्थापनको काम सुरु गरेको हो । त्यसयता एक हजार दुई सय ६८ बालक र एक सय ९० बालिका गरी एक हजार चार सय ७६ जना बालबालिकाको उद्धार गरिएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले सडकमा बालबालिका बेवारिसे अवस्थामा भेटिए तत्काल प्रहरी वा बालबालिका खोज तलास समन्वय केन्द्रको निःशुल्क हटलाइन सेवा १०४ मा सम्पर्क गरी जानकारी दिन र उद्धार तथा संरक्षणकाे लागि आवश्यक सहयोग गर्न आग्रह गर्नुभएको छ । 

अन्तिम अपडेट: फागुन १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया