लकडाउनको मोडालिटी परिवर्तन : जोखिम कम भएका ठाउँमा बजार खोल्न र जोर-बिजोर प्रणालीमा गाडी चल्न दिने

 जेठ २८, २०७७ बुधबार २३:७:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ -  सरकारले लकडाउनको मोडालिटी परिर्वतन गर्ने निर्णय गरेको छ । लकडाउन पुनःव्यवस्थित गर्ने निर्णय भएको भन्दै एक मन्त्रीले स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरेर कृषि, उद्योग, व्यापारिक क्षेत्र खुकुलो गर्ने निर्णय भएको बताए ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले  सुरक्षाका मापदण्ड अपनाएर पसल खोल्न दिने निर्णय गरेको हो ।

यस्तै काठमाण्डौ उपत्यकासहित जोखिम कम भएका क्षेत्रहरूमा जोर बिजोर प्रणाली लागू गरेर ट्याक्सी र मोटरसाइकललगायत निजी गाडी चलाइने भएको छ । विद्यालय, सिनेमा हललगायतका धेरै भिडभाड हुने स्थानहरु भने तत्काल खुल्ने छैनन् ।

मन्त्रिपरिषद् बैठकको विस्तृत जानकारी भोलि दिइने एक मन्त्रीले बताए ।

सरकारले पहिलो पटक चैत ११ देखि १८ गतेसम्म लकडाउन गरेको थियो । कोरोना सङ्क्रमणको जोखिम बढ्दो क्रममा रहेको निष्कर्ष निकाल्दै लकडाउनलाई लम्ब्याउन उच्चस्तरीय समितिले सिफारिस गरे अनुसार सरकारले अन्तिम पटक जेठ ३२ गतेसम्म लकडाउनको समय थप गरेको छ ।

बैठकले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) पनि नगर्ने निर्णय गरेको बताएको छ । बैठकले विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेड निर्धारण गर्ने निर्णय गरेको हो ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया