जनकपुरधाममा हाेली मनाइयाे
चैत २, २०८१ शनिबार
काठमाडाैं – कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्ड भक्तपुरले पहिलोपटक ग्रेडिङ प्रणाली अनुसार १२ कक्षाको नतिजा प्रकाशित गरेको हो ।
बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार नियमिततर्फ ३ दशमलव ६१ देखि ४ जीपीएसम्म ल्याउने ११ हजार १ सय ६९ जना, ३ दशमलव २१ देखि ३ दशमलव ६० सम्म जीपीए ल्याउने ११ हजार २ सय २१ जना छन् । यस्तै, २ दशमलव ०१ देखि २ दशमलव ८० जीपीए ल्याउने ५८ हजार ३ सय ४५ जना, २ दशमलव ०१ देखि २ दशमलव ४० जीपीए ल्याउने ९० हजार २ सय ९९ जना, १ दशमलव ६१ देखि २ जीपीएसम्म ल्याउने ६६ हजार ४ सय ३८ जना रहेको बोर्डले जनाएको छ ।
यस्तै १ दशमलव २१ देखि १ दशमलव ६० जीपीए ल्याउने २२ हजार ७ सय ३४ जना र शुन्य दशमलव ८१ देखि १ दशमलव २० जीपीए ल्याउने ४ हजार ४ सय ८८, जना र शून्यदेखि शून्य दशमलव ८० जीपीए ल्याउने १ सय ९९ जना छन् ।
यसैगरि, आंशिकतर्फ ४१ हजार ३ सय २५ जना उत्तिर्ण भएको बोर्डले जनाएको छ । गएको वैशाखमा लिइएको सवै विषयको १२ कक्षाको परीक्षामा नियमित तर्फ २ लाख ९९ हजार ६ सय ७५ जना विद्यार्थी सहभागी थिए । आंशिकतर्फ १ लाख १७ हजार ४ सय १४ जनाले परीक्षा दिएका थिए ।
नतिजा वेबसाइट, एसएमएस र आईभीआरबाट थाहा पाउन सकिन्छ। नतिजा राष्ट्रिय परीक्षा बोर्डको www.neb.gov.np र नेपाल टेलिकमको www.neb.ntc.net.np वेबसाइटबाट हेर्न सकिने छ ।
यस्तै नेपाल टेलिकमको मोबाइलमा १६०१ मा एसएमएस पठाएर पनि नतिजा प्राप्त गर्न सकिन्छ । नेपाल टेलिकमको आईभीआर सेवाअन्तर्गत १६०१ नम्बर डायल गरेर प्राप्त निर्देशनअनुसार पनि नतिजा थाहा पाउन सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
नेपाल टेलिकमकाे एसएमएस गर्ने तरिका :
NEB टाइप गरी एक स्पेस दिएर सिम्बाेल नम्बर टाइप गरी १६०० मा पठाउन सकिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।