प्रधानमन्त्री कप क्रिकेट : आर्मी र पुलिसको लगातार चौथो जीत
चैत २, २०८१ शनिबार
तेह्रथुम – बजार क्षेत्रको सडक निर्माणमा ठेकेदार कम्पनीले लापरवाही गरेपछि लालीगुराँस नगरपालिका आफैँले सडक मर्मत थालेको छ । हिलो भई सवारी चल्न नसकेपछि बसन्तपुर खेल मैदानअघि र टुटेदेउराली खण्डको झन्डै ३ किलोमिटर सडक नगरपालिका आफैँले मर्मत थालेको हो ।
सडक डिभिजन कार्यालयसँग ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले काम नगरेपछि नगरपालिकाको बजेटबाटै सडक मर्मत थालिएको नगर प्रमुख अर्जुनबाबु माबोहाङले बताउनुभयो । संखुवासभा र ताप्लेजुङतर्फ सवारी जाने टुटेदेउराली खण्ड पनि हिलाम्मे भएको छ । यही सडककै कारण ३ जिल्लाको सडक सम्पर्कविच्छेद भएपछि नगरपालिकाले सडक मर्मत थालेको हो ।
यो खण्डको सडक मर्मतका लागि वाईपी कन्स्ट्रक्सनले ४ करोड ४५ लाख लागतमा मर्मत गर्न ०७३ असारमा ठेक्का सम्झौता गरेको थियो । निर्माण कम्पनीलाई ताकेता गर्दा पनि काम नगरेपछि कार्यालयले कारबाही गर्ने तयारी गरिरहेको डिभिजन प्रमुख विष्णुप्रसाद काफ्लेले बताउनुभयो ।
वर्षाका कारण सडक हिलाम्मे भएपछि अहिले बसन्तपुर बजार र आसपासको सडकमा पैदल यात्रु आवत्जावत् गर्न समेत समस्या भइरहेको छ ।
याे पनि हेर्नुहाेस्ः
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।