नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले युगान्डा भ्रमण गर्ने, १८ ...
फागुन ६, २०८१ मंगलबार
काठमाण्डौ – बालुवाटारमा सरकारविरुद्ध प्रदर्शन भएको छ । काेराेना नियन्त्रणकाे लागि सरकारले गरेको खर्च पारदर्शी हुनुपर्ने, पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने माग राख्दै सरकारविरुद्ध प्रदर्शन भएको हो ।
प्रदर्शनकारीहरुले सरकारले खर्चको विवरणभन्दा उपलब्धि देखाउनुपर्ने माग गरेका छन् । प्रदर्शनकारीहरुले ‘खै, खै, खै के उपलब्धि भयो ?, सरकारको पाराले दुःख पायो साराले, एकादेशको १० अर्बको कथा कठै मेरो देशको व्यथा, खर्च हैन उपलब्धि देखाउ, एक दुई तीन चार बन्द गर भ्रष्टाचार’, लगायतका नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।
प्रदर्शनकारीहरुलाई तितरबितर पार्न प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको थियो ।
सरकारले काेराेना राेकथामकाे लागि १० अर्ब रुपैयाँ खर्च भइसकेकाे बताएपछि सदनदेखि सडकसम्म कहाँ–कति खर्च भयाे भनेर पारदर्शी हिसाब देखाउन सरकारसँग आग्रह गर्दै आइरकाे छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
सुमन राई
June 11, 2020, 3:32 p.m.खराब सरकार