नेपालमा एमसीसी परियोजना स्थगित
फागुन ७, २०८१ बुधबार
काठमाण्डाै - शुक्रबारदेखि लकडाउन केही खुकुलो भएको छ ।
लामो समयदेखिको लकडाउन कारण आर्थिक क्रियाकलापसँगै नागरिकको जनजीवनमा नै असर परेकाले लकडाउन खुकुलो पारिएको हो । शुक्रबारदेखि जोर-बिजोर प्रणालीमा निजी गाडी चल्न थालेका छन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार जोर गतेका दिन जोर नम्बर प्लेट भएको गाडी र बिजोर गतेका दिन बिजोर नम्बर प्लेट भएको गाडी चल्ने छन् । शुक्रबार जोर दिन भएकाले अन्तिममा जोर नम्बर भएका निजी गाडी चल्न सुरु भएका छन् । तर, निजी गाडी बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म भने चलाउन पाइने छैन । यो समयमा अत्यावश्यक वस्तु ढुवानी गर्ने गाडीलाई भने कुनै रोकतोक हुने छैन ।
यस्तै, महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यका बाहिर यी गाडी जान पाउने छैनन भने यसअघि पास लिएका गाडी पनि अब यही नियम अनुसार चल्ने छन् । अबदेखि मोटरसाइकल र साइकलमा पनि एक जना मात्रै चढ्नुुपर्ने छ ।
चार पाङग्रे निजी गाडीको हकमा चालकबाहेक दुई जना मात्रै यात्रा गर्न दिने व्यवस्था गरिएको छ । कोभिड–१९ सङ्क्रमणको जोखिमलाई मध्यनजर गरी कतिपय सेवामा लगाइएको प्रतिबन्धलाई भने अझै कायमै राखिएको छ ।
नागरिककाे बढी उपस्थिति हुने ठाउँ तथा सार्वजनिक गाडी भने अहिले तत्काललाई खुलाइने छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।