नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले युगान्डा भ्रमण गर्ने, १८ ...
फागुन ६, २०८१ मंगलबार
भक्तपुर - सूर्य विनायक नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।
बिहीबार राति पौने १२ बजे चुनदेवीमा बा ३६ प ९९९८ नम्बरको मोटरसाइकल पल्टिँदा चालक रामेछाप घर भएर ललितपुर इमाडोल बस्ने २७ वर्षका खड्कबहादुर श्रेष्ठ र मोटरसाइकलको पछाडि बस्ने अर्का एक जना घाइते भएका प्रहरीले जनाएको छ ।
घाइते चालकको अवस्था गम्भीर भएकाले थप उपचारका लागि सल्लाघारीको अस्पतालबाट इमाडोलमा रहेको किस्ट अस्पतालमा रेफर गरिएको छ । मोटरसाइकल पछाडl बस्नेको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।
चालकले रक्सी खाएर मोटरसाइकल चलाएकाले दुर्घटना भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।