नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले युगान्डा भ्रमण गर्ने, १८ ...
फागुन ६, २०८१ मंगलबार
काठमाण्डाै - प्रजातन्त्रवादी प्राध्यापक संघले त्रिभुवन विश्वविद्यालयमा वर्षौदेखि ज्यालादारीमा अध्यापन गराइरहेका आंशिक प्राध्यापकका समस्या समाधान गर्न माग गरेको छ ।
संघले त्रिभुवन विश्वविद्यालयका पूर्व र वर्तमान पदाधिकारीको बेवास्ताका कारण सयौँ आंशिक प्राध्यापक वर्षौदेखि ज्यालादारीमा बौद्धिक श्रम गरिरहेको अवस्था जटिल बन्दै गएको भन्दै यसअघि सरकारले गरेको निर्णय कार्यान्वयन गरी यो समस्या समाधान गर्न माग गरेको छ ।
संघका अध्यक्ष जगत तिमल्सिना र महासचिव राजेन्द्र गौतमले विज्ञप्ति निकालेर कोरोना भाइरसका कारण लामो समयदेखि पठनपाठन बन्द रहेको अवस्थामा आंशिक प्राध्यापकलाई झनै मर्का परेको र सांसदहरुले संसदमा पनि यो विषयमा पटकपटक उठाइरहेको स्मरण गर्दै यो विषय तत्काल समाधान गर्न माग गरेको छ ।
संघले कोरोनाको महामारीका कारण अध्ययन अध्यापन हुन नसकेको समयमा आंशिक प्राध्यापकलाई मासिक २० हजार रुपैयाँका दरले शैक्षिक भत्ता उपलब्ध गराउन पनि प्रजातन्त्रवादी प्राध्यापक संघले माग गरेको छ ।
तत्कालीन सरकारले २०७४ साल मंसिर ८ गते त्रिभुवन विश्वविद्यालयमा १ हजार ४ सय ४० वटा दरबन्दी थप गर्ने र आंशिक प्राध्यापकलाइई करार गर्ने निर्णय गरे पनि त्यो कार्यान्वयन नभएपछि त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापक अध्यापन लगायत शैक्षिक गतिविधि छोडेर आन्दोलन गरिरहेका छन् ।
त्रिविले १४ वर्षदेखि ज्यालादारीमा बौद्धिक शोषण गरिरहेकाले आफूहरुलाई मासिक तलब दिनेगरी करार नगरेसम्म काममा नफर्किने आंशिक प्राध्यापक संघका अध्यक्ष डाक्टर महेश गजुरेलले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।