लकडाउन खुकुलो भएपछि बढ्यो गाडीको चाप

 जेठ ३०, २०७७ शुक्रबार १३:४२:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सरकारले लकडाउन खुकुलो बनाउँदै गाडी सञ्चालनमा जोर बिजोर प्रणाली लागू गरेपछि उपत्यकामा गाडीको चाप बढेको छ । 

काठमाण्डौ उपत्यकाका मुख्य सडकहरुमा गाडीको चाप उच्च देखिएको हो । सडकमा गाडीको चाप बढेपछि केही ठाउँहरुमा ट्राफिक जामसमेत भएको छ । 

काठमाण्डौको त्रिपुरेश्वर, थापाथली, बानेश्वर, जमललगायतका ठाउँमा गाडीको अत्याधिक बढेको देखिन्छ । गाडीको चाप बढेसँगै प्रहरीले गाडीको जाँचलाई तीव्रता दिएको छ । शुक्रबार अर्थात ३० गते जोर नम्बरका गाडी मात्रै सञ्चालन गर्न पाइने भएकाले प्रहरीले बिजोर नम्बरका गाडीलाई फर्काइदिएको छ । 

मोटरसाइकलमा जोर बिजोर नम्बर लागू हुने या नहुने भन्ने सम्बन्धमा अन्यौल देखिएका कारण दुवै नम्बर प्लेटका मोटरसाइकलहरु सडकमा देखिएका छन् । जोर बिजोर चलाउने विषयमा अन्योल देखिएपनि प्रहरीले बिजोर नम्बर प्लेट रहेका गाडीलाई कारबाही गरेको छ ।

मोटरसाइकलको पछाडि बसेर यात्रा गर्ने मानिसहरुलाई झारेर पठाएको छ । चारपाङ्ग्रे गाडीमा पनि चालकबाहेक दुई जनाभन्दा बढी यात्रा गरेको पाइए कारबाही गरेको छ । यसबाहेक अत्यावश्यक सेवाका गाडीलाई भने सञ्चालन गर्न दिइएको छ ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया