बिजुलीको महसुल घट्यो, केही उपभोक्ताले शुल्क तिर्नु नपर्ने

 असार ३, २०७७ बुधबार ११:१२:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - विद्युत नियमन आयोगले बिजुलीको महसुल समायोजन गरेको छ ।

नेपाल विद्युत प्राधिकरणले पठाएको प्रस्ताव अनुसार बिजुलीको महसुल समायोजन भएको हो । असार १ गते बसेको सञ्चालक समितिको बैठकले बिजुलीको महसुल समायोजन गर्ने र ट्रंक लाइन तथा डेडिकेटेड लाइन खारेज गर्ने निर्णय गरेको हो ।

लोडसेडिङको समयमा अन्य ग्राहकबाट भन्दा धेरै महसुल लिएर प्राधिकरणले उद्योगलाई छुट्टै लाइनमार्फत बिजुली दिएको थियो । लोडसेडिङ अन्त्य हुँदा पनि ट्रंक र डेडिकेटेड लाइनमार्फत महँगो बिजुली लिन बाध्य भएको उद्योगीको गुनासो थियो । अब ट्रंक र डेडिकेटेड लाइन खारेज भएको छ । 

उपभोक्ताले प्रयोग गर्ने बिजुली सस्तो

नेपाल विद्युत प्राधिकरणले वर्गीकरण गरेका १३ वटा उपभोक्ता वर्गले प्रयोग गर्ने बिजुलीको महसुल औसतमा १० प्रतिशतले समायोजन गरिएको विद्युत नियमन आयोगले जनाएको छ ।

ग्रामीण क्षेत्रमा तथा सहरी क्षेत्रका मध्यमवर्गीय उपभोक्ताहरुले एलपी ग्याँसको साटो विद्युतीय उपकरण प्रयोग गरुन् भन्ने उदेश्यले न्यूनतम तथा इनर्जी शुल्क समायोजन भएको आयोगले जनाएको छ । 

५ एम्पियर लाइन लिएर  मासिक न्यूनतम  १० युनिटसम्म खपत गर्ने ग्राहकलाई ३० रुपैयाँ मात्रै डिमान्ड शुल्क लाग्नेछ, बिजुली भने निःशुल्क उपलब्ध हुनेछ । सिंगल फेज मिटरमार्फत ११ देखि २० युनिटसम्म बिजुली उपभोग गर्ने ग्राहकले प्रतियुनिट ३ रुपैयाँ तिर्नुपर्नेछ । डिमान्ड शुल्क ३० रुपैयाँ लाग्नेछ । 

२१ देखि ३० युनिटसम्म खपत गर्नेले साढे ६ रुपैयाँ प्रतियुनिटमा बिजुली पाउनेछन् भने ५० रुपैयाँ इनर्जी शुल्क लाग्नेछ । ३१ देखि ५० युनिट खपत गर्ने ग्राहकले ८ रुपैयाँ प्रतियुनिट महसुल र ५० रुपैयाँ डिमान्ड शुल्क तिर्नुपर्नेछ । 

आउँदो साउनदेखि लागू हुने नयाँ महसुल यस्तो छ :

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

3 Comments

  • Ram Chandra Phulara

    June 18, 2020, 10:14 a.m.

    कम खपत गर्ने लाई ठीक छ बढी खपत गर्ने लाई उस्तै उस्तै हो । induction cooker प्रयोग गर्ने लाई सहुलियत दिन अझै घाटनु पर्छ ।अनी मात्रै गयास को बिकल्प हुन्छ ।

  •  0 Reply
  • Nilkantha pangyani

    June 18, 2020, 12:46 a.m.

    अति उत्तम कार्य, स्वागत छ टीमलाई मासिक खर्चमा एल पी ग्याँस भन्दा सस्तो भयो भने उचित सम्मान पाउँछ ।

  •  0 Reply
  • खड्गबहादुर राई

    June 17, 2020, 2:01 p.m.

    धेरै खुशी लाग्यो । विद्युत प्राधिकरणका प्रवन्ध निर्देषक श्री कुलमान घिसिङ ज्यूमा हार्दिक नमन् टक्र्याउनुका साथै अागामी अार्थीक वर्षका लागि पनि वहाँको पद कायम रहोस् भन्ने हार्दिक कामना ब्यक्त गर्दछु ।

  •  0 Reply

तपाईको प्रतिक्रिया