अछाममा एकैदिन ४२ जनामा कोरोना पुष्टि

 असार ४, २०७७ बिहिबार २०:४०:४२ | चन्द्र थापा
unn.prixa.net

अछाम – अछाम​मा बिहीबार एकैदिन ४२ जनामा कोरोना भाइरसकाे सङ्क्रमण देखिएको छ । बिहीबार ११ जना महिला र ३१ जना पुरुष गरी ४२ जनामा कोरोना सङ्क्रमण देखिएको अछाम अस्पतालका सूचना अधिकारी देव जोशीले जानकारी दिनुभयो ।

यसअघि बिहीबार बिहान ​मेल्लेख गाउँपालिकाका २३ र साँफेबगर नगरपालिकाका ६ जनामा काेराेना पुष्टि भएकाे थियाे । साँझको रिपोर्ट अनुसार १३ जना थप भएका हुन् । उनीहरु कुन पालिकाका हुन भन्ने खबर प्राप्त भइसकेकाे छैन ।

अछामका सूचनाका अधिकारी देव जोशीका अनुसार जेठ २८ गते स्वाब सङ्कलन गरी धनगढी पठाइएको भए पनि उनीहरु सबैको परीक्षण काठमाण्डौको टेकुमा गरिएको हाे । 

अन्तिम अपडेट: चैत ३०, २०८०

चन्द्र थापा

अछामका उज्यालो सहकर्मी चन्द्र थापा रेडियो रामारोशनमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया