नेपाल एक चीन नीतिमा स्पष्ट छ : प्रचण्ड

 असार ५, २०७७ शुक्रबार १८:३३:२२ | न्युज एजेन्सी नेपाल
unn.prixa.net

काठमाण्डौ - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल एक चीन नीतिमा स्पष्ट रहेको बताउनुभएको छ । 

चिनियाँ कम्युनिष्ट पार्टीको स्थापना दिवसका अवसरमा शुभकामना आदानप्रदान गर्न आयोजना भएको भिडियो कन्फरेन्समा अध्यक्ष दाहालले नेपाल एक चीन नीतिमा स्पष्ट रहेको बताउनुभएको हो । 

कार्यक्रममा दुई देशबीचको सम्बन्ध सुमधुर बनाउँदै अहिलेको चुनौतीको सामना गर्न दुई पार्टी बीचको सम्बन्ध पनि मजबुद हुनुपर्ने कुरामा सहभागीहरुले जोड दिएका कार्यक्रममा सहभागी नेकपा केन्द्रीय सदस्य विशाल भट्टराईले बताउनुभयो ।

कन्फरेन्समा चीनले तिब्बतमा गरेको विकासको मोडल, दुई देशको सम्बन्ध र दुई पार्टीको सम्बन्ध कसरी सुमधुर बनाउने भन्ने विषयमा कुराकानी भएको नेकपा स्कुल विभाग उपप्रमुख बेदुराम भूसालले जानकारी दिनुभयो ।

कार्यक्रममा नेपालकोतर्फबाट अध्यक्ष दाहाल, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, स्कुल विभाग उपप्रमुख बेदुराम भुसाल लगायतका नेताहरु सहभागि  थिए भने चीनको तर्फबाट चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओ र तिब्बत विभाग सचिव यु याङ लगायत सहभागी थिए ।

अन्तिम अपडेट: चैत १७, २०८०

तपाईको प्रतिक्रिया