सुदूरपश्चिमका थोरै ठाउँबाहेक देशभर वर्षा

 असार ६, २०७७ शनिबार ८:२३:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – देशका धेरैजसो ठाउँमा हल्का पानी परिरहेको छ । गण्डकी, प्रदेश ५ र कर्णालीका थोरै ठाउँमा ठूलो पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनको प्रभावले केही दिनदेखि सुदूरपश्चिमका थोरै ठाउँबाहेक देशभर हल्का, मध्यम र भारी वर्षा भैरहेको छ । अब १/२ दिन तुलनात्मक रुपमा कम पानी पर्ने महाशाखाको अनुमान छ । महाशाखाका अनुसार आज दिउँसो पनि सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा पूर्ण बदली रहनेछ ।

आज राति सुदूर पश्चिमप्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा पूर्ण बदली हुने महाशाखाका मौसमविद् मञ्जु बासीले बताउनुभयो । भारी वर्षा भएका र हुने ठाउँका नदीमा पानीको वहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई सेवा प्रभावित हुनसक्ने सम्भावना रहेकाले सचेत रहन महाशाखाले आग्रह गरेको छ ।
 

अन्तिम अपडेट: कात्तिक ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया