कोरोना नियन्त्रणमा भ्रष्टाचार गरेको आरोपमा जिम्बाब्वेका स्वास्थ्य मन्त्री पक्राउ

 असार ६, २०७७ शनिबार १४:३८:१७ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – कोरोना भाइरस नियन्त्रणका सामग्री किन्दा भष्टाचार गरेको आरोपमा जिम्बाब्वेका स्वास्थ्य मन्त्री पक्राउ परेका छन् ।

कोरोना रोकथाम र नियन्त्रणको लागि बन्दोबस्ती र मेडिकल सामग्रीमा भ्रष्टाचार गरेको अभियोगमा जिम्बाब्वेका स्वास्थ्य मन्त्री ओबादी मोयो गए राति पक्राउ परेका हुन् । जिम्बाब्वेकाे भ्रष्टाचार नियन्त्रण आयोगले उनलाई पक्राउ गरेको हो ।

मन्त्री मोयोलाई पक्राउ गरिएको र अदालतमा उपस्थित गर्ने तयारी भइरहेको आयोगका प्रवक्ता जोन माकामुरेले बताएको चिनियाँ टेलिभिजन सीजीटीएनले जनाएको छ ।

मन्त्री मोयोले खरिद प्रक्रियाको गलत प्रयोग गरेर लाखौँ अमेरिकी डलर भ्रष्टाचार गरेको आरोप लागेको छ । जिम्बाब्वेमा औषधि वितरण गर्दै आएको एक कम्पनी गएकाे हप्ता छानबिनमा तानिएपछि मन्त्रीले नै भ्रष्टाचार गरेको भेटिएको हो ।

जिम्बाब्वेमा अहिलेसम्म कोरोनाका पाँच सय बिरामी छन् भने चार जनाको ज्यान गएको । स्वास्थ्य मन्त्री प्रकरणपछि जिम्बाब्वेमा वर्तमान सरकारमा दुई जना मन्त्री भ्रष्टाचारको अभियोगमा पक्राउ परेका छन् । 
 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया