राप्ती नदीले खतराको सङ्केत पार गर्‍यो, लक्ष्मणपुर बाँधको ढोका खोल्न समन्वय

 असार ६, २०७७ शनिबार १९:२३:५४ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – बाँकेको राप्ती नदीमा पानीको सतह खतराको सङ्केतभन्दा माथि पुगेपछि लक्ष्मणपुर बाँधकाे ढोका खोल्न भारतीय पक्षसँग समन्वय भएको छ । 

नदीमा पानीको सहतले खतराको सङ्केत पार गरेपछि प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले सीमावर्ती भारतीय सुरक्षा अधिकारीसँग कुराकानी गरी बाँधको ढोका खोल्नको लागि प्रहरी टोली भारततर्फ पठाइएको जानकारी दिनुभयो ।

यसैगरी सिक्टा सिँचाइ आयोजनाको बाँधको ढोका खोल्नसमेत प्रशासनले निर्देशन दिएको छ । प्रशासनका अनुसार तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन साइरन बजाइएको छ ।

जिल्ला आपत्कालिक कार्य सञ्चालन केन्द्रका सूचना अधिकृत गौरीलाल बुढाथोकीले नदीमा पानीको सतह ५ दशमलव ६४ मिटर पुगेको जानकारी दिनुभयो । जिल्ला प्रशासनमा सुरक्षाकर्मी र उद्धारको सामाग्री तयारी अवस्थामा राखिएको छ ।

 राप्ती नदीमा पानीको सतह ५ दशमलव  मिटर पुगेपछि खतराको सङ्केत मानिन्छ ।  

अन्तिम अपडेट: बैशाख ७, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया