२ केजी अफिमसहित ३ जना पक्राउ

 असार ७, २०७७ आइतबार १७:१७:३६ | धनवीर महतो
unn.prixa.net

प्रतिकात्मक तस्बिर

महोत्तरी – लागुऔषध अफिमको कारोबारमा संलग्न तीन जनालाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ । बर्दिवास नगरपालिका १ मा अफिम बिक्री गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

पक्राउ पर्नेमा धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिका १ का वीरबहादुर तमाङ, दुर्गाबहादुर तमाङ र सिरहा जिल्लाको सिरहा नगरपालिका ५ का धनपत यादव रहेका छन् ।

प्रहरीले उनीहरुको साथबाट ना ४० प ६१५७ नम्बरको मोटरसाइकलसहित एक केजी नौ सय ५० ग्राम अफिम नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश विष्टले जानकारी दिनुभएको छ । 

लागुऔषध नियन्त्रण ब्युरो वीरगञ्जबाट सुराकीको आधारमा खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको विष्टले बताउनुभयो । पक्राउ परेकाहरुलाई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय बर्दिबासमा राखिएको छ ।

अन्तिम अपडेट: चैत १२, २०८०

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया