इंग्लिस प्रिमियर लिग फुटबलमा आज सात वटा खेल हुँदै
मंसिर ८, २०८१ शनिबार
काठमाडौं – शुक्रबार देशभरी कै मौसम सामान्यतया बदली भई धेरै ठाउँमा पानी पर्ने अनुमान गरिएको छ । दिउँसो हल्का पानी परे पनि राति भने केहि ठाउँमा ठूलो पानी पर्ने संभावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुनमा सामान्यतया दिउँसोको भन्दा राती धेरै पानी पर्ने गर्छ । बिहान मौसम खुलेपनि दिउँसोपछि बदली भई धेरै ठाउँमा पानी पर्नु नै मनसुनको विशेषता भएको मौसमविद्ले बताएका छन् ।
यस्तै अबको तीन दिन देशका प्रमुख नदीमा ठूलो बाढीको जोखिम नरहेको बाढी पूर्वानुमान शाखाले जनाएको छ । तर कोशीसँगै बागमती, कमला, पश्चिम राप्तीको तटीय क्षेत्रमा पानीको बहाव सतर्कता आसपास पुग्न सक्ने भएकाले सतर्कता भने अपनाउन शाखाको सुझाव छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।