खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
तनहुँ – तनहुँको भानु नगरपालिका ५ मैवलमा पोखरीथोक कोलग्रैही गोही खानेपानी आयोजना निर्माण सुरु भएको छ ।
गण्डकी प्रदेश सरकारको आधारभूत खानेपानी आयोजनाको ‘एक घर : एक धारा’ बहुवर्षीय योजना अन्तर्गत एक करोड रुपैयाँमा आयोजना निर्माण सुरु गरिएको खानेपानी उपभोक्ता समूहका सचिव शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
आयोजनाबाट पोखरीथोक, चैनपुर र गोठादीका ७० घरधुरी लाभान्वित हुनेछन् । लिफ्टिङ प्रविधिबाट पानी घरघरमा वितरण गर्न १० र २० घनमिटरको दुई वटा ट्याङ्की निर्माण गरिनेछ ।
वर्षौँदेखि खानेपानीका] लागि कुवामा जानुपर्ने बाध्यता रहेका]ले आयोजना निर्माण भएपछि स्थानीयवासी हर्षित भएको स्थानीयवासी अशोक खत्रीले जानकारी दिनुभयो । आयोजना बनाउन स्थानीयवासीले श्रमदान गरेका छन् । यसैगरी जिल्लाको बन्दीपुर गाउँपालिका ४ र ५ का सर्वसाधारणलाई खानेपानी सुविधा पुर्याउन गण्डकी प्रदेश सरकारको सहयोगमा खानेपानी आयोजना निर्माण सुरु भएको छ ।
यस ठाउँका तीन सय घरधुरीमा खानेपानी सुविधा पुर्याउन एक करोड ५० लाख रुपैयाँमा खानेपानी आयोजना निर्माण सुरु गरिएको चुनपहरा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सचिव सुरज जोशीले जानकारी दिनुभयो ।
दुई वर्षमा निर्माण सक्ने गरी आयोजनाको काम थालिएको छ । घरघरमा धारा नहुँदा यहाँका स्थानीयवासीले सार्वजनिक धारा र कुवा पँधेराबाट खानेपानीको जोहो गर्दै आइरहेका छन् ।
प्रदेश सरकारले घोषणा गरेको ‘एक घर एक धारा’ कार्यक्रम अन्तर्गत अहिलेसम्म ९५ आयोजनाबाट २९ हजार सात सय धारा निर्माण भइ दुई लाख ७५ हजार जनसङ्ख्या लाभान्वित भएका छन् ।
गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रत्येक घरधुरीमा खानेपानी सुविधा पुर्याउने सरकारको लक्ष्य भएकाेले खानेपानी योजना निर्माणका लागि दुई अर्ब ३९ करोड १२ लाख रुपैयाँ विनियोजन गरिएको जानकारी दिनुभयो ।
चालु आर्थिक वर्षमा प्रदेश सरकारको पहलमा एक घर : एक धारा कार्यक्रमकाे लागि सङ्घीय सरकारले ३० करोड, आधारभूत खानेपानी पहुँच कार्यक्रमका लागि २० करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
प्रदेशका सबै घरपरिवारलाई आधारभूत खानेपानी सेवा पुर्याउन निर्माणाधीन आयोजनालाई आगामी वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।